• ७ वैशाख २०८१, शुक्रबार

नेप्सेमा झिनो अङ्कको गिरावट

blog

नेप्से परिसूचकको भवन । फाइल तस्बिर

काठमाडौं, वैशाख २८ गते। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलव ५९ मा सीमित भएको छ।

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७१ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलव शून्य नौ मा सीमित भएको छ। 

कारोबार भएका कूल १३ कम्पनीमध्ये तीन कम्पनीको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ। 

कूल २१ लाख पाँच हजार छ सय ५७ कित्ता शेयर रु ५७ करोड ८८ लाख ४१ हजार पाँच सय ९३ मूल्यमा खरिद बिक्री भएको छ। 

कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु तीन करोड १५ लाख छ हजार तीन सय ६३ बराबरको शेयर कारोबार भएको छ।

ग्लोबल आइएमई बैङ्कको संस्थापक शेयर दुई करोड ७० लाख ८४ हजार आठ सय चार, शिवम् सिमेन्ट रु एक करोड ८० लाख ३७ हजार सात सय ५२, हिमाल दोलखा हाइड्रोपावर एक करोड ७७ लाख ६३ हजार चार सय १० र हिमालयन डिस्टिलरीको एक करोड ६८ लाख ७८ हजार सात सय पाँच बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त छ दशमलव १०, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलव ८९, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ७१, इस्र्टन हाइड्रोपावर पाँच दशमलव ६६ र कुमारी इक्विटी फण्डको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ। 

त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स पाँच दशमलव ९९, वाराही हाइड्रोपावर पाँच दशमलव ५२, एसियन हाइड्रोपावर पाँच दशमलव ५२, बलेफी हाइड्रोपावर चार दशमलव ३५ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ३४ प्रतिशतले घटेको छ।रासस