• ४ जेठ २०८१, शुक्रबार

हिमपहिरोमा बेपत्ता किशोरीको शव नौ दिनपछि भेटियो

हिमपहिरोमा बेपत्ता पाँच जनाको शव भेटियो

blog

हिमपहिरोमा बेपत्ता भएकाहरुको खोजी गर्दै सुरक्षाकर्मी। तस्बिरः सशस्त्र प्रहरी

लोकेन्द्र जोशी 

दार्चुला, वैशाख २८ गते। दार्चुलाको व्यास गाउँपालिका –१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ। वैशाख १९ गते गएको हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए। सात जनाले भागेर ज्यान जोगाएका थिए। 

हिमपहिरोमा बेपत्ता भएको नौ दिनपछि डोटीको जोरायल गाउँपालिका –२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै हिमपहिरोमा बेपत्ता भएका पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो। 

व्यास गाउँपालिका –१ छाङरुमा रहेको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म र सितापुल प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीले बेपत्ताको खोजी गरेको उहाँले बताउनुभयो। यसअघि अन्य चार जनाको शव फेला परेको ठाउँबाट करिब दुई सय मिटर तल किशोरी थापाको शव फेला परेको प्रहरीले जनाएको छ। 

मृत फेला परेका पाँचै जनाको शवलाई भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा ल्याइएको छ। नेपालतर्फ सुरक्षित बाटो नहुँदा भारतीय बाटोको प्रयोग गरेर शव खलङ्गा ल्याइएको हो। 

हिमपहिरोमा परेर दार्चुलाको दुहुँ गाउँपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर, उहाँकी आमा ३६ वर्षीया कमला कुँवर, डोटी जोयराल गाउँपालिका–२ डोटीका ४५ वर्षीया नवती डोमा थापा, २८ वर्षीय ईश्वरी थापा र १५ वर्षीया छिमी सोमो थापाको मृत्यु भएको सशस्त्र प्रहरी बल नम्बर–५० का गुल्मपति ईश्वरी भट्टले बताउनुभयो। 

यो पनि पढ्नुहोस

हिमपहिरोमा परेर ज्यान गुमाएकाको शव सदरमुकाम ल्याइयो

हिमपहिरोमा परेका आमाछोरासहित तीन जनाको सनाखत

दार्चुलाको हिमपहिरोमा पुरिएकामध्ये एक शवको पहिचान

हिमपहिरोमा बेपत्ता सात जना सम्पर्कमा आए, अझै पाँच बेपत्ता