• २६ पुस २०८१, शुक्रबार

दार्चुलाको हिमपहिरोमा पुरिएकामध्ये एक शवको पहिचान

blog

दार्चुला हिमपहिरोमा पुरिएका शवको पहिचान । तस्बिर : नेपाल प्रहरी

प्रकाशविक्रम शाह

धनगढी, वैशाख २० गते । दार्चुलाको व्यास गाउँपालिका –१ को भोलुम डाँडामा मंगलबार गएको हिमपहिरोमा परेर बेपत्तामध्ये मृतक एक जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेका अनुसार दार्चुलाकै दुँहु गाउँपालिका वडा नम्बर ४ का १८ वर्षीय प्रवीण कुँवरको शव भेटिएको हो ।  

हराउनेमा दार्चुलाको दुँहु गाउँपालिका –४ की ३८ वर्षीया कमला कुँवर, डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्की डोमा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमीसामो थापा रहेका छन् । घटनास्थलबाट तीन घण्टा टाढा रहेको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली मंगलबार दिउँसो नै सो क्षेत्रमा परिचालित छ । 

आज बुधबार बिहान पनि सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रनाउ पाण्डेले बताउनुभयो । दार्चुलाको हिमपहिरोमा हराएकामध्ये दार्चुलाको नौगाडका अन्दाजी ३५ वर्षका ललित विष्टसहितको सात जनाको समूह भने मंगलबार साँझ नै घटनास्थलमा गएको सुरक्षाकर्मीको टोलीमा सम्पर्कमा आएको थियो ।

यो पनि पढ्नुहोस

हिमपहिरोमा पुरिएका दुई महिलासहित तीनको शव फेला