जनआन्दोलन २०६२-०६३ मा घाइते ‘ज्यूँदो शहीद’ बनेपाका मुकेश कायस्थको निधन भएको छ । उहाँको उपचारको क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा बुधबार साँझ ६ः१८ बजे मृत्यु भएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि नखुल्दा स्थानीयको जीवन कष्टकर बनेको छ ।
अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका छन् ।
बिहीबारदेखि लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्टप्रति लुम्बिनी क्षेत्रका पर्यटनसम्बद्ध संघ संस्था तथा पर्यटन व्यवसायीले असहमति प्रकट गरेका छन् । उनीहरुले आफूहरुलाई यसबारेमा सूचनासमेत नगरिएको भन्दै आज पत्रकार सम्मेलन गरेर असहमति प्रकट गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयकको विषयमा संविधान तथा कानुनविदसँग परामर्श लिनुभएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दातृ निकायको सहयोगलाई लक्षित वर्गमा पुर्याउने बताउनु भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोतको निकै ठूलो चुनौती रहेको बताउनुभएको छ।
प्रतिनिधि सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ।
नेपाली कांग्रेसका नेता एवम् संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शीर्ष नेताका बीचमा संसदभित्रका विषयमा छलफल भएको बताउनुभएको छ।
पूर्वी पहाडको प्रतिष्ठित सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औ संस्करण बुधबार देखि सुरु भएको छ ।
दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाइते भएकाहरुको उद्धार गरिएको छ । आठविस नगरपालिका –६ मा रहेको सल्लेरी सामुदायिक वनअन्तर्गत माल्यामा भएको आगलागीमा परी दश जना घाइते हुनुभएको थियो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन स्थापित गर्ने, समृद्धिको लक्ष्य हासिल गर्ने र सामाजिक न्याय स्थापित गर्नेमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।