बझाङको साइपाल गाउँपालिका–५, न्यूना गाउँ । यहाँ करिब ६० परिवार बस्छन् ।
नेपाली कांग्रेसका शुक्रबार बसेको पदाधिकारी बैठकमा समसामयिक राजनीतिदेखि नागरिकता विधेयकबारे पनि छलफल भएको छ।
बुटवलमा योग, ध्यान, हिप्नोसिस एवं प्रवचन कार्यक्रम हुने भएको छ । दार्शनिक तथा योगगुरु डा. विकासानन्दको उपस्थितिमा कार्यक्रम हुने भएको हो । ‘संसार बदल्नु छ, सुरु आफैबाट गर्नु छ’ मूल मन्त्रसहित शनिबार कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था विकासानन्द फाउण्डेशन (विश्व परिवार) का संयोजक लिला गौतमले जानकारी दिनुभयो ।
पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय ३० जनाको कोरोना परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि भएको छ।
नेपाल ऐशोसियसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) बाँकेले विहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापनपत्र बुझाउँदै पर्यटन व्यवसायीका माग पूरा गर्न आग्रह गरेको छ ।
राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन् । पाल्पाको रानीमहलमा बिहीबार सुरु भएको प्रतियोगितामा आर्मीले लुम्बिनी र गण्डकीले आयोजक पाल्पा र बागमतीलाई २–० को सोझो सेटमा हराएका हुन् ।
नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुटको समीक्षात्मक प्रतिवेदनका आधारमा वार्षिक कार्यक्रम बनाउने छलफल भएको छ।
गुल्मीको मुसिकोट नगरपालिकाले बजार क्षेत्रमा विद्यालय समयमा ठूला सवारी साधन सञ्चालन गर्न निषेध गरेको छ।
बुधबार साँझ मृत्यु हुनुभएका बनेपाकाका मुकेश कायस्थको अन्त्येष्टि गरिएको छ।
कृषि तथा पशुपंछी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
कनकाई नगरपालिका २ का खेलाडीहरुले वार्डस्तरीय फुटबल प्रतियोगितामा जितेको पुरस्कार रकम असहायलाई खाद्यान्न खरिद गरेर बितरण गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण दर घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको हो । यो प्रदेशमा अब १८ जना मात्रै सक्रिय सङ्क्रमित रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । सो कार्यालयका अनुसार कैलालीमा ११ र कञ्चनपुरमा सात जना सक्रिय सङ्क्रमित रहेका छन् । पहाडका सात जिल्ला सक्रिय सङ्क्रमितमुक्त छ ।
सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेको छ। पछिल्लो समय कोरोना सङ्क्रमण दर घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको हो।
अभिनेता पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्नु चौधरीको आवाज रहेको गीत 'तिमीलाई हेर्ने बानी पर्यो' मा अभिनेता शाहले आफ्नै जेल यात्रालाई प्रस्तुत गर्नुभएको हो ।
इनरुवा नगरपालिकामा गुणस्तरीय शिक्षाका लागि सरोकारवालाले माग गरेका छन् । नगरको शिक्षा सुधारका लागि २९ बुँदे माग तथा सुझावसहित इनरुवा नगर शैक्षिक सुधार अभियान अन्तर्गत गापनपत्र बुझाएका हुन् ।