• १३ मंसिर २०८१, बिहिबार

रुपन्देहीमा योग प्रवचन कार्यक्रम हुने

blog

बुटवलमा आयोजित पत्रकार सम्मेलन । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख २९ गते । बुटवलमा योग, ध्यान, हिप्नोसिस एवं प्रवचन कार्यक्रम हुने भएको छ । दार्शनिक तथा योगगुरु डा. विकासानन्दको उपस्थितिमा कार्यक्रम हुने भएको हो । ‘संसार बदल्नु छ, सुरु आफैबाट गर्नु छ’ मूल मन्त्रसहित शनिबार कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था विकासानन्द फाउण्डेशन (विश्व परिवार) का संयोजक लिला गौतमले जानकारी दिनुभयो ।

बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा ध्यान, योगबारे जानकारी गराउँदै गाभा, काभा, नाभा, हिक्नोसेस तथा रेकी हिलिङ प्रविधिबाट उपचारको समेत व्यवस्था गरिएको संयोजक गौतमले बताउनुभयो । 

एक हजार बढी सहभागी हुने अपेक्षा गरिएको कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति पाँचसय रुपियाँ टीकट दर राखेर खर्च व्यवस्थापन गरिएको सचिव प्रकाश बिसीले जानकारी दिनुभयो । विहान र दिउँसो गरी दुई खण्डमा सञ्चालन हुने योग तथा प्रवचन कार्यक्रमले विश्व परिवारमा सामेल हुन चाहने व्यक्तिलाई संगठित गर्न सहयोग पुग्ने आयोजकको लक्ष्य रहेको छ ।