• ७ पुस २०८१, आइतबार

एमाले केन्द्रीय कमिटी : प्रतिवेदनका आधारमा वार्षिक कार्यक्रम बनाइने

blog

नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक ।

काठमाडौं, वैशाख २८ गते। नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुटको समीक्षात्मक प्रतिवेदनका आधारमा वार्षिक कार्यक्रम बनाउने छलफल भएको छ। 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा सात वटा भौगोलिक र दुई वटा गैरभौगोलिक प्रदेशको समीक्षात्मक प्रतिवेदन प्रस्तुत भएको उपमहासचिव एवम् पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।

सात वटा भौगोलिकसहित उहाँले उपत्यका विशेष प्रदेश कमिटीको बैठक सुजिता शाक्य र सम्पर्क समन्वय प्रदेश समितिको प्रतिवेदन लालबाबु पण्डितले प्रस्तुत गर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, “राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न अगाडि खासगरी, अहिलेको भुटानी शरणार्थी प्रकरणबाट उत्पन्न जुन राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्षले चर्चा गर्नुभयो। पहिलो र दोस्रो त्रैमासिक समिक्षा नकरात्मक र्पिोट हेर्दाखेरी मुलुक मन्दीतिर गएको ठहरिन्छ। त्यो आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्र चाहिँ कसरी रेस्क्यु गर्ने पनि चर्चा भएको छ।” यसैगरी, मिसन ग्रासरुट अभियान उत्साहपूर्ण एवम् ब्यापक जनसहभागीतामा सम्पन्न भएको उहाँको भनाइ छ। 

उहाँले बैठकमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष अमृत बोहोरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष प्रा. डा. पुष्प कँडेलले आ-आफ्नो धारणा राख्नुभएको बताउनुभयो। उहाँले एमालेको २३ वटा जनसंगठनमध्ये २० वटा जनसंगठनको अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो।

उहाँले शनिबारसम्म जारी रहने बैठकमा ९ वटै प्रदेशको प्रतिवेदनको आधारमा समूहगत छलफल गरेर पार्टीको पनि वार्षिक कार्यक्रम बनाउने बताउनुभयो। “स्थायी कमिटीको बैठक बस्छौं, ९ वटा समीक्षात्मक रिर्पोटको आधारमा वार्षिक कार्यक्रम बनाउँछौं”, उहाँले भन्नुभयो।