पाँचथरको फिदिम ७ मा सञ्चालित रानिटार माध्यमिक विद्यालयले विद्यालयको विकास र उन्नयनमा सहयोग पुर्याएको भन्दै जग्गादाता, चन्दादाता, पूर्व अध्यक्ष र पूर्व शिक्षकलाई सम्मान गरेको छ ।
नेपालको विद्यार्थी आन्दोलनलाई थोरै फर्केर हेर्दा वि.सं. २००४ सम्म फर्कनुपर्ने हुन्छ । ‘जयतु संस्कृत्’ नेपालको विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण कडी हो । यही आन्दोलनका नाममा तत्कालीन समयमा काठमाडौँमा रहेको तीनधारा संस्कृत पाठशाला अध्ययनरत विद्यार्थीले पहिलो पटक आन्दोलनको बिगुल फुकेका थिए । यो संस्थाले आज पनि तमाम विद्यार्थीका हक, अधिकार र आन्दोलनको प्रतिनिधित्व गर्दै आइरहेको छ ।
‘खुर्सानी’लाई विम्बका रूपमा प्रयोग गर्दै कला सिर्जनामा रमाउने कलाकार सरिता डङ्गोल पुनः कलापारखीसमक्ष आउनुभएको छ। पाटन, कोबहाल नेवाः छेँमा कलाकार डङ्गोलका अनेक भाव र सन्देशयुक्त चित्रकलाको प्रदर्शनी चलिरहेको छ। प्रदर्शनीमा राखिएका चित्रले कोभिड–१९ ले पारेको असरबारे पनि बयान गर्छ। नेपाललगायत विश्वभर नै कोभिड फैलिएका बेला
जाजरकोटका सात वटै पालिकाका ७७ वडाध्यक्षहरूका लागि क्षमता विकास तालिम सञ्चालन गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय अन्तर्गत प्रदेश सुशासन केन्द्रको समन्वय र जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा समन्वयको हलमा दुई दिने क्षमता विकास तालिम सञ्चालन गरिएको हो ।
कोभिडका कारण दुई वर्ष धराशायी भएको सिनेमा हलको व्यापारमा सुधार देखिएको छ। केही समययता नेपालगञ्जका हलहरूमा ठूलो सङ्ख्यामा दर्शक देखिन थालेपछि व्यापार लयमा फर्किन थालेको हो। नेपालगञ्जस्थित बागेश्वरी क्यूएफएक्स सिनेमा हलमा पछिल्लो समय ठूलो सङ्ख्याका दर्शक चलचित्र हेर्न आउने गरेका सिनेमा हल व्यवस्थापनले जनाएको छ।
प्रारम्भिक ब्याट्सम्यान जर्ज मुन्से विस्फोटक अविजित शतकीय पालि खेलेपछि स्कटल्यान्डले बुधबार नामिबियालाई सजिलै १० विकेटले हराएर आईसीसी विश्वकप क्रिकेट लिग–२ च्याम्पियन बनेको छ। स्कटल्यान्ड तीन खेलअघि नै च्याम्पियन बनेको हो। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा एक टिमले ३६ खेल खेल्नुपर्ने प्रावधान छ। स्कटल्यान्डले ३३ खेलमा २३ मा जित र आठमा हारसहित ४८ अङ्क बनायो। अब अन्य छ टिमले पछाडि पार्न नसक्ने स्थिति बनेपछि शीर्ष स्थानमा रहेको स्कटल्यान्डले उपाधि जितेको हो। ३६ खेल खेलेको ओमानले ४४ अङ्क बनाएको छ। तेस्रो स्थानमा रहेको नामिबियाले ३२ खेलमा ३७ अङ्क बनाएको छ। नेपाल २५ खेलमा नौ जित १४ हारसहित २० अङ्कमा छ। सात टिम सम्मिलित विश्वकप क्रिकेट लिग–२ मा नेपाल छैटौँ स्थानमा रहेको छ।
अधिकांश उपभोक्ताले आगामी एक वर्ष मूल्य वृद्धि हुने अनुमान गरेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणअनुसार ९२ दशमलव ३० प्रतिशतले आगामी एक वर्ष मूल्य वृद्धि हुने अपेक्षा गरेको जनाएका हुन् । त्यस्तै सर्वेक्षणमा समेटिएका ८४.३ प्रतिशत उपभोक्ताले भने आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा रहेको प्रतिक्रिया दिएका हुन् ।
नेपाल र चीनको व्यापारिक नाका हिल्सालाई सञ्चालनमा ल्याउन हुम्लावासीले माग गरेका छन् । व्यापार व्यवसाय गर्न, रोजगारीका लागि जान र पर्यटन प्रवद्र्धन गर्न जिल्लावासीले उक्त नाका सञ्चालनमा ल्याउन माग गरेका हुन् । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले हुम्लावासीका लागि मात्र नभएर कर्णाली प्रदेश र सिङ्गो देशकै लागि महत्व राख्ने नेपाल र चीनको सीमानाका हिल्सालाई दुईतर्फी सञ्चालन गर्न नेपाल सरकारसँग माग गर्नुभयो ।
खेलको अन्तिममा नेपालकी सावित्रा भण्डारीले सानदार गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोली र भारतबीचको मैत्रीपूर्ण खेल रोचक बराबरीमा सकिएको छ ।
विराटनगर भन्सार कार्यालयदेखि चार किलोमिटर दक्षिण भारतको मिरगञ्जस्थित परमान नदीको पुल सञ्चालनमा आएको छ । डेढ महिनाअघिदेखि भारतबाट आउने मालवाहक सवारीसाधन आवातजावत भइरहे पनि भारतीय पक्षले शुक्रबार औपचारिक निर्णय गरेपछि तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तु बोकेका सवारी साधनसमेत सो पुलबाट आवातजावत गर्न पाउने भएका हुन् ।
तुलसी बहुमुखी सहकारी संस्थाले झापाको दमकमा सञ्चालन गरेको सेवा केन्द्र र डिपार्टमेन्ट स्टोर बन्द गरेको छ । मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको सो सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सेवा बन्द गरेको जनाइएको छ । अन्य सहकारी संस्थाले दिएकोभन्दा उच्च ब्याज दिएर दमकबाट सङ्कलन गरेको ठूलो रकम अहिले जोखिममा परेको छ ।
१२ बुँदे घोषणापत्र जारी गर्दै दुईदिने नारायणी नदी सम्मेलन सकिएको छ। स्वच्छ नदी, स्वस्थ जीवनका लागि घोषणापत्रमा नदीको स्वच्छता, संरक्षण र दिगोपनामा जोड दिइएको छ। घोषणापत्रमा जलाधार क्षेत्रको संरक्षणका लागि जैविक एवं पारिस्थितिकीय प्रणालीमा आधारित क्रियाकलापमा जोड दिँदै नदीमा आश्रित जीव, समुदायको उत्थान एवं विकास गर्नुपर्ने औँल्याइएको छ। सांस्कृतिक क्रियाकलाप गर्दा स्वच्छतामा ध्यान दिने, संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्ने र औद्योगिक क्षेत्रको प्रदूषण नियन्त्रणसम्मका विषय उल्लेख गरिएका छन्।
‘सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तलीमाई, कतिमा राम्रो दरबार, मा-यो नि मायाले मा-यो’ कृष्णविक्रम थापाले गाएको चर्चित गीतजस्तै अहिले सिन्धुलीगढी दरबार चिटिक्क परेको छ। भत्किएर भग्नावशेषमा परिणत भएको ऐतिहासिक सिन्धुलीगढी दरबारलाई बागमती प्रदेश सरकारले पुरानै शैलीमा पुनर्निर्माण गरेको हो।
बागमती प्रदेशको राजधानीसँग काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लाका बासिन्दालाई सिधा पुग्नेगरी छोटो दूरीको मार्ग निर्माणमा पालिकाले अगुवाइ गरेका छन्। प्रदेशका पूर्वी क्षेत्रका जिल्लाहरूलाई प्रदेश राजधानी हेटौँडालाई जोड्ने छोटो दूरीको र व्यवस्थित सडक निर्माण गर्न स्थानीय तहहरूले साझा प्रयास थालेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार मानव अधिकारप्रति संवेदनशील रहेको बताउनुभएको छ। राष्ट्रिय मानव अधिकार आयोगलाई बलियो बनाउन सधैँ आफ्नो प्रयत्न रहने उहाँले बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले यो सरकार मानव अधिकारप्रति संवेदनशील रहेको तथा लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन आफू गम्भीर रहेको बताउनुभयो।