• १२ मंसिर २०८१, बुधबार

जाजरकोटका ७७ जना वडाध्यक्षलाई तालिम

blog

सहदेव बस्नेत

जाजरकोट, फागुन ४ गते ।  जाजरकोटका सात वटै पालिकाका ७७ वडाध्यक्षहरूका लागि क्षमता विकास तालिम सञ्चालन गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय अन्तर्गत प्रदेश सुशासन केन्द्रको समन्वय र जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा समन्वयको हलमा दुई दिने क्षमता विकास तालिम सञ्चालन गरिएको हो ।

स्थानीय तहको काम, कर्तव्य, अधिकार, वडा समितिको क्षेत्राधिकार, वडाध्यक्ष र वडाका पदाधिकारीहरूको काम कर्तव्यका विषयमा वडाध्यक्षहरूको क्षमता विकास तालिमको आयोजना गरिएको हो । जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खडक बिसीले तालिममा वडाले गर्ने कामहरूका विषयमा महत्त्वपूर्ण छलफल भइरहेको जानकारी दिनुभयो ।

तालिममा  वडा समितिले गर्ने सिफारिस तथा प्रमाणित, योजना अनुगमन तथा मुल्यांकल, व्यक्तिगत घटना दर्ता प्रक्रिया र प्रतिवेदनका विषयमा तालिममा वडाध्यक्षलाई अभिमुखीकरण दिइएको छ ।

मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत युवराज न्यौपाने, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रहरी प्रमुख सन्तोष रोकाले सहजीकरण गरिरहनु भएको छ । भेरी नगरपालिका ४ का वडा अध्यक्ष वसन्त प्रसाद शर्माले तालिमले सबै आवश्यक ऐन कानुन तथा कार्य प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।