बहुपति प्रथाको कथावस्तुमा आधारित फिल्म 'टुल्की'को ट्रेलर सार्वजनिक गरिएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विकासका योजना छनौटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले एकजना महिलाले ट्विटरको नेतृत्व गर्ने बताउनुभएको छ ।
सर्लाहीसहित तराईका जिल्लामा चर्को घाम र तातो हावाले जनजीवन अत्यन्त प्रभावित बनेको छ । यहाँ एक सातादेखि अत्यधिक मात्रामा गर्मी बढ्दा जनजीवन कष्टकर बनेको हो ।
टर्कीले युद्धग्रस्त युक्रेनबाट अनाज निर्यात गर्न अनुमति दिने सम्झौता विस्तार गर्ने वार्ता सम्झौताको नजिक पुगेको बताएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आलुको मूल्य निर्धारण गरेको छ ।
पत्रकार तथा साहित्यकार कनकमणि दीक्षितले गोरखापत्रले प्रदर्शनीमा रोखेका ऐतिहासिक तस्बिरहरु बिक्री गर्नुपर्ने बताउनुभएको छ ।
यस वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायले गर्नुपर्ने कार्य उल्लेख गरी ‘एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ तयार गरिने भएको छ ।
लामो समयसम्म पानी नपर्दा बोटमै मकै सुक्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले नेपालमा लगानी ल्याउनका लागि आवश्यक नीतिगत सुधार, सरकार तथा कर्मचारीतन्त्रमा खुला तथा उदार सोचका साथै नेपालमा लगानीका क्षेत्रसम्बन्धी प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो ।
नेकपा (एमाले) को बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको बाँकी प्रतिवेदन प्रस्तुत गर्ने कार्य सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकबारे एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रबार बिहानदेखि सुरु भएको बैठकमा बागमती प्रदेशको तर्फबाट सचिव गोकर्ण विष्टले प्रतिवेदन प्रस्तुत गर्नुभएको बताउनुभयो ।
बसको झ्यालबाट टाउको निकालेका एक जना यात्रुको पिकअपको ठक्करबाट मुत्यु भएको छ । मुत्यु हुनेमा पर्साको कालिकामार्इ गाउँपालिका –२ भेडियाही बस्ने ५२ बर्षीय नागेन्द्र महतो नुनिया रहेको जिल्ला ट्राफिक कार्यालय निजगढले जनाएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ को दोवा गाउँ । एकै किसिमको गुजुमुज्ज ढुङ्गे घरहरु रहेको दोवामा मगर समुदायको बाहुल्य बसोबास छ ।
कर्णाली करिडोरको खुलालु–सलीसल्ला सडक योजनाअन्तर्गत कर्णाली नदीको खुलालु सडक सात दिनका लागि बन्द हुनेभएको छ । खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि सडक बन्द हुने भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको बाल प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।