• १२ मंसिर २०८१, बुधबार

खुलालु र सलीसल्ला सडक एक हप्ता बन्द हुने

blog

फाइल तस्बिर

राजन राउत

हुम्ला, बैशाख २९ गते । कर्णाली करिडोरको खुलालु–सलीसल्ला सडक योजनाअन्तर्गत कर्णाली नदीको खुलालु सडक सात दिनका लागि बन्द हुनेभएको छ । खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि सडक बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय कालिकोटले सूचना जारी गरी सो खण्डको सडक बन्द हुने जानकारी गराएको छ । जेठ १ गतेदेखि सात दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिनुभयो । 

खुुलालु क्षेत्रको सडक स्तरोन्नति कार्य सुरु हुने र त्यतिबेला काम गर्नुआवश्यक रहेका कारण सडक बन्द गर्न लागिएको जानकारी उहाँले दिनुभयो । सडक बन्दले कर्णाली करिडोर हुँदै कालिकोटको नहरीनाथ, सान्नी त्रिणेणी, पचालझरना, पलाँता गाउँपालिका, रास्कोट नगपालिका र बाजुरा र हुम्ला आउजाउ गर्ने यात्रु प्रत्यक्ष प्रभावित हुनेछन् ।