मुलुकमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । विद्यालय भर्ना अभियानदेखि पठनपाठनका नयाँ नयाँ पद्धति घोषणा भएको छ । हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय शिक्षाको विकासका लागि जनाइने प्रतिबद्धता र प्रचारका लागि सार्वजनिक गरिएका योजना कहीँ कतै कार्यान्वयनमा आएका हुँदैनन् । सामुदायिक विद्यालयमा सरकारी लक्ष्य अनुरूप विद्यार्थी टिकाउने र बढी भर्ना गर्नुपर्ने बाध्यता, निजी विद्यालयलाई पनि बढीभन्दा बढी विद्यार्थी आकर्षित गरी बढी कमाउने आकाङ्क्षा हुन्छ ।
रुपनी गाउँपालिका बडा नं १ रुपनी राजविराज खण्डको रुपनीमा हत्या गरी फ्यालिएको अवस्थामा एक युवाको शव भेटिएको छ । घटनाको विरोध जनाउँदै स्थानीयवासी तथा महिलाहरूद्वारा रुपनी राजविराज सडक खण्ड बिहानदेखि अवरुद्ध पारेका छन् ।
गत भदौ ३० गते बिहान काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा घर माथिबाट पहिरो आउँदा एकै परिवारका तीन जनाको घटनास्थलमा नै मृत्यु भयो । घरनजिकैको जग्गामा ढुङ्गाखानी चलाउँदा अविरल वर्षासँगै आएको पहिरोमा परी आमासहित छोराछोरीको मृत्यु भएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उदयपुर सिमेन्ट उद्योगलाई बचाउन आगामी बजेटमा विशेष व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । शनिबार आयोजित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको ३५ औँ साधारण सभा उद्घाटन गर्दै मन्त्री रिजालले उद्योगलाई राम्रोसँग चलाउन सक्ने गरी आगामी बजेटमा विशेष व्यवस्था गर्ने लागेको बताउनुभएको हो ।
दीप बञ्जाराको नौलो प्रस्तुति तथा निर्माणमा बनेको मौलिक आधुनिक लोक लयमा आधारित गीत ‘जुन जस्तै’ सार्वजनिक भएको छ। मोडल मुकुन्द भट्ट तथा दिपीका थापाको अभिनय रहेको गीतमा दिपेन थापा, रचना रिमाल र अम्बिका लुइटेलले आवाज दिनुभएको छ। गीतको शब्द रचना र सङ्गीत अनिश दवाडीले गर्नुभएको छ भने निर्देशन प्रविण थापाको रहेको छ।
नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले साहित्यकार दधिराज सुवेदी र संस्कृतिविद् स्वामी देवराजाचार्यलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले नगेन्द्रप्रसाद–आशालता रिजाल भाषा साहित्य पुरस्कार साहित्यकार सुवेदीलाई र नगेन्द्रप्रसाद–आशालता रिजाल धर्म संस्कृति पुरस्कार सम्प्रदाय नेपालका अध्यक्ष आयुर्वेदाचार्य एवं वैदिक धर्म संस्कृतिविद् स्वामी देवराजाचार्यलाई प्रदान गरेको हो ।
नइ प्रकाशनले साहित्यका विभिन्न विधाका २०१ जना सर्जकहरूलाई ‘नइ कीर्ति रत्न’अलङ्कार प्रदान गरेको छ। नइ प्रकाशनद्वारा शनिबार राजधानीमा आयोजित विशेष समारोहमा देश विदेशमा रहेर नेपाली साहित्य सिर्जनामा लागेकाहरूलाई सम्मानपत्र र पदकसहित नइ कीर्ति रत्न अलङ्कारसहित सम्मान गरिएको हो।
प्रकृति संरक्षण कोष सौराहामा हुर्काएका पुष्पा र अञ्जली नामका दुई गैँडाका बच्चालाई निकुञ्जमै पुर्न स्थापित गरिने भएको छ । निकुञ्जको लामि ताल क्षेत्रमा ती दुवै गैँडालाई स्थानान्तरण गर्न लागिएको हो ।
लोकतन्त्र र सङ्घीयताको फल आमनागरिकले पाउनुपर्नेमा विज्ञहरूले जोड दिनुभएको छ । फ्रेडरिक इबर्ट स्टिफ्टुङ (एफइएस) नेपाल च्याप्टरले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको ‘लोकतन्त्र संवाद तथा नागरिक शिक्षा’ विषयक अन्तर्क्रियामा संविधानविद् काशीराज दाहालले यस्तो औँल्याउनुभएको हो ।
मिटरब्याजीविरुद्ध सर्लाहीमा ७६४ वटा उजुरी परेका छन्। अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा शुक्रबारसम्म ७६४ जनाको उजुरी दर्ता भएको हो। सरकारले मिटरब्याजको सम्बन्धमा अनुसन्धान गरी पीडकलाई कारबाही गर्न जाँचबुझ आयोग गठन गरेपछि सर्लाहीका मिटरब्याज पीडितले आफूलाई पीडा दिने मिटरब्याजीविरुद्ध धमाधम उजुरी दिइरहेका हुन्। यस प्रकारको उजुरी लिन कार्यालयमा सहायता कक्ष नै स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायता कक्षमा राखिएका कर्मचारीले पीडितलाई उजुरी लेख्नका लागि सहयोग गर्दै आइरहेका छन्।
यो वर्ष पाँचथरमा ४२ किलोमिटर सडक कालोपत्रे गरिएको छ। फिदिम नाङ्गिन याङनाम सडकखण्डको ३५ र फिदिम रानिटार गोरुवाले सन्दकपुरको सात किलोमिटर सडक कालोपत्रे गरिएको हो।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल संरक्षण केन्द्र्रले प्रत्येक वर्ष प्राकृतिक बासस्थानमा गोही छाड्दै आएको छ । प्राकृतिक बासस्थानमा भने गोहीको सङ्ख्या आशातीत वृद्धि हुन सकेको छैन । नारायणी नदीको सीमित क्षेत्र र राप्ती नदीमा मात्र गोहीको सङ्ख्या केही वृद्धि भएको छ ।
हेलम्बु गाउँपालिकाले कक्षा १२ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउँदै आएको छ । सरकारले कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको भए पनि हेलम्बु गाउँपालिकाले माध्यमिक तहका विद्यार्थीलाई आफ्नै स्रोतले दिवा खाजा खुवाउँदै आएको हो ।
सीमान्तकृत समुदायले योजना तर्जुमा गर्दा आफूहरूलाई समावेश गर्न माग गरेका छन् । संविधानले योजना तर्जुमा गर्दा सीमान्तकृत समुदायलार्य विशेष सुविधा दिने व्यवस्था गरेको भए पनि यस्ता समुदायसँग प्रत्यक्षरूपमा जोडिने स्थानीय सरकारले भने यसमा ध्यान नदिएको उनीहरुले गुनासो गरेका छन् । यसले गर्दा वास्तविक समुदायले यो सुविधा उपभोग गर्न नपाएको पूर्वकम्लरी सुलोचना चौधरीले बताउनुभयो ।
बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै सङ्घीय सांसद सञ्जयकुमार गौतमले आमरण अनशन (सत्याग्रह) सुरु गर्नुभएको छ । पूर्व सिँचाइ मन्त्री समेत रहनु भएका गौतमले शनिवार साँझबाट अनसन सुरु गर्नुभएको हो ।