• १२ साउन २०८१, शनिबार

पुल निर्माणको माग राख्दै सङ्घीय सांसद बसे अनसन

blog

बर्दिया, वैशाख ३१ गते । बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै सङ्घीय सांसद सञ्जयकुमार गौतमले आमरण अनशन (सत्याग्रह) सुरु गर्नुभएको छ । पूर्व सिँचाइ मन्त्री समेत रहनु भएका गौतमले शनिवार साँझबाट अनसन सुरु गर्नुभएको हो । 

जब्दीपुल निर्माण, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई बजेटको सुनिश्चितता, सदरमुकाम गुलरिया जोगाउन तटबन्ध निर्माणको बाँकी काम नियमित गर्नुपर्ने लगायतका १५ बूँदे माग राख्दै आमरण अनसनमा बस्नु भएको हो । 

जब्दी पुलमा आमरण बस्नु अघि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु भएको थियो । २०६५ सालदेखि निर्माण सुरु भएको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो ।  चार सय २५ मिटर लामो उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै क्षति भएको छ । पुल हाल काम नलाग्ने अवस्थामा पुगेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुल निर्माणमा भ्रष्टाचार भएको भन्दै पाँच वर्षअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ठेकेदार कम्पनीसहित १३ जना कर्मचारीमाथि दोषी ठहर गरेको थियो ।

Author

मुकुन्द सुवेदी