• २६ पुस २०८१, शुक्रबार

सङ्घीयताको लाभ नपाउँदा वितृष्णा

blog

चितवनको भरतपुरमा शनिबार आयोजित फ्रेडरिक इबर्ड स्टिफ्टुङ (एफइएस) नेपाल च्याप्टरले आयोजना गरेको लोकतन्त्र संवाद तथा नागरिक शिक्षा नामको अन्तर्किया कार्यक्रमका सहभागी । तस्बिर : शान्ता अधिकारी

भरतपुर समाचारदाता

चितवन, वैशाख ३१ गते । लोकतन्त्र र सङ्घीयताको फल आमनागरिकले पाउनुपर्नेमा विज्ञहरूले जोड दिनुभएको छ । 

फ्रेडरिक इबर्ट स्टिफ्टुङ (एफइएस) नेपाल च्याप्टरले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको ‘लोकतन्त्र संवाद तथा नागरिक शिक्षा’ विषयक अन्तर्क्रियामा  संविधानविद् काशीराज दाहालले यस्तो औँल्याउनुभएको हो । 

‘संविधान, सङ्घीयता र सुशासन : कार्यान्वयनको स्थिति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “संविधानलाई गतिशील बनाएर लोकतन्त्रको लाभ जनताले पाउने अवस्था सिर्जना हुनुपर्छ । लोकतन्त्रको लाभ आमजनताले नपाएकाले वितृष्णा सिर्जना भएको छ ।” संविधानविद् दाहालले भ्रष्टाचारको रोकथाम र नियन्त्रण गरी सुशासन प्रदान गर्ने कार्यमा राज्यका निकाय सबभन्दा बढी सव्रिmय र व्रिmयाशील हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

संविधानमा भएका व्यवस्था कार्यान्वयनमा ढिलाइ गर्न नहुने, आम नागरिकको जीवनस्तर उठ्ने गरी छिटोछरितो रूपमा कार्यान्वयन गरिनुपर्ने उहाँको कार्यपत्रमा उल्लेख छ । संविधानमा तीन तहको सरकारको व्यवस्था गरिएको भए पनि नागरिक तहमा यस विषयमा सचेतना कमी भएको चर्चा गर्दै उहाँले स्थानीय तह सेवा प्रवाहमा बढी केन्द्रित हुनुपर्ने तथा प्रदेशले सङ्घ र स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक व्यवस्था भएको औँल्याउनुभयो । 

कार्यक्रममा  नेपाल टेलिभिजनका उपमहानिर्देशक आरती चटौतले लोकतन्त्रका लागि सामाजिक न्यायको विषयमा कार्यपत्र प्रस्तुत गर्र्नुभएको थियो । उहाँको कार्यपत्रमा पनि लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाउन सामाजिक न्यायको भूमिका महत्वपूर्ण हुने उल्लेख छ । सामाजिक न्याय र आर्थिक समानता स्वतन्त्रता उन्मुख राजनीति र समानता उन्मुख आर्थिक सिद्धान्तबाट मात्र प्राप्त हुन सक्ने उहाँको कार्यपत्रको निचोड छ ।

सोही कार्यक्रममा  अभिवक्ता रोशन पोखरेलले प्रजातन्त्र, प्राचीन आधुनिक र भविष्यमा भन्ने विषयगत छलफलका लागि एक कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले कार्यपत्रमा परम्परालाई आधुनिकतामा परिणत गरी उच्चतम प्रतिफल प्राप्त गर्न आवश्यक रहेको औँल्याइएको  छ ।