• १६ चैत २०८०, शुक्रबार

सुवेदी र देवराजाचार्य पुरस्कृत

blog

विराटनगर, वैशाख ३१ गते । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले साहित्यकार दधिराज सुवेदी र संस्कृतिविद् स्वामी देवराजाचार्यलाई पुरस्कृत गरेको छ । 

प्रतिष्ठानले नगेन्द्रप्रसाद–आशालता रिजाल भाषा साहित्य पुरस्कार साहित्यकार सुवेदीलाई र नगेन्द्रप्रसाद–आशालता रिजाल धर्म संस्कृति पुरस्कार सम्प्रदाय नेपालका अध्यक्ष आयुर्वेदाचार्य एवं वैदिक धर्म संस्कृतिविद् स्वामी देवराजाचार्यलाई प्रदान गरेको हो  । 

विराटनगरमा आयोजित समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उहाँहरूलाई जनही एक लाख एक हजार १११ रुपियाँ राशिको पुरस्कार प्रदान गर्नुभएको आयोजकले जनाएको छ ।