• १९ चैत २०८२, बिहिबार

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

blog

काबुल, चैत १९ गते । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित रुपमा स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले  बिहीबार घोषणा गरेको छ ।

बन्दीले स्वदेश फिर्ता तथा व्यवस्थापनको सहयोगका लागि आ-आफ्नो गृह प्रान्तमा जानु अघि सीमा नाकाम नै आवाश्यक सहायता प्राप्त गरीसकेको मन्त्रालयले जनाइएको छ । यस अघिको विज्ञप्तीमा, पाकिस्तानमा बन्दी बनाइएका करिब ४२६ जना अफगान कैदीलाई गत हप्ता आफ्नो मातृभूमिमा फिर्ता पठाइएको उल्लेख गरिएको  थियो ।

अफगानीस्तानमा व्याप्त द्वन्द्व र असुरक्षाका कारण अनुमानित ६० लाख अफगानी विदेशमा बस्ने गरेको जनाइएको छ । जस मध्ये अधिकाशं छिमेकी मुलुक इरान र पाकिस्तानमा रहेको उल्लेख छ । अफगान सरकारले पछिल्लो समयमा विदेशमा रहेका आफ्ना नागरिकलाई देशको पुनः र्निर्माणमा योगदान गर्न तुरुन्त स्वदेश फर्कन बारम्बार आग्रह गरेको छ । रासस/सिन्ह्वा