परराष्ट्रमन्त्री एनपी साउद शुक्रबार बंगलादेश प्रस्थान गर्नुभएको छ।
कोहलपुरकी एक युवती नेपालगञ्जमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–६ रझेनाकी २२ वर्षीया सुमित्रा रानी थारु मृत अवस्थामा नेपालगञ्जमा फेला पर्नुभएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताउनुभएको छ।
बालबालिकामा मात्र देखिने रक्त अल्पताजन्य रोग थालसेमियाको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाउनु पर्ने पीडितहरुले माग गरेका छन् । शरीरमा बिस्तारै रगतको मात्रा कम हुँदै जाने र पटक पटक रगत चढाउनुपर्ने लगायत उपचारमा धेरै रकम खर्च हुने हुँदा गरिब र विपन्नले आफ्ना सन्तानको उपचार गराउन नसक्ने अवस्था रहेको भन्दै सो माग गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञापन-पत्र बुझाएको छ।
सूर्यभक्त पतनादेबी पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत हुनेभएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले वितरण गर्ने सूर्यभक्त पतनादेबी रास्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार सम्मानित हुने भएका हुन् ।
सर्लाहीको हरिपूर्वा नगरपालिका –३, धनकौलमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा बिहीबार राति चोरी भएको छ । ढोकाको चुक्कुल फोडेर भित्र रहेका कम्प्युटर र अन्य सामग्री चोरी भएको प्रधानाध्यापक हरिनारायण महतोले जानकारी दिनुभयो ।
निर्माणाधीन दुई वटा प्रहरी चौकीका भवन अलपत्र अवस्थामा छन् । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट भवन निर्माणका लागि थप बजेटको व्यवस्था हुन नसक्दा भवन अधुरै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज (शुक्रबार) भेटवार्ता गर्नुभएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनालाई शून्य बनाउन नसकिने तर न्युन भने गर्न सकिने बताउनुभएको छ ।
जङ्गलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा एक अशक्त युवकको जलेर मृत्यु भएको छ ।
थाइल्यान्डका सेना प्रमुखले सैन्य–समर्थित सरकार कमजोर साबित हुन सक्ने आँकलन सहितको राजनीतिक दलहरूलको चुनावी र्यालीहरूको अगाडि बढ्दै गर्दा त्यहाँ कुनै राजनीतिक ‘कू’ को सम्भावना नभएको प्रष्ट पारेका छन् ।
गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको 9N-ABt\ ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ ।
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रबार काठमाडौं महानगरका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो ।
तिलगंगा आँखा प्रतिष्ठानका अनुसार काठमाडौंको गोर्कणेश्वर नगरपालिका– ११ स्थित पुल्हारी गुम्बामा सञ्चालन गरिएको उक्त शिविरमा ३२९ आँखाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।