काठमाडौं, वैशाख २९ गते । आँखा शिविरमा ३२९ आँखाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानका अनुसार काठमाडौंको गोर्कणेश्वर नगरपालिका– ११ स्थित पुल्हारी गुम्बामा सञ्चालन गरिएको उक्त शिविरमा ३२९ आँखाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।
उक्त शिविर तिलगंगा आँखा प्रतिष्ठान, आनन्द संघरपुल्हारी गुम्बाको संयुक्त आयोजनामा वैशाख २५ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको थियो ।
प्रतिष्ठानका अनुसार अन्य विभिन्न १९ ठाउँमा गरिएको मोतिविन्दु छनौट शिविरमा पाँच हजार ७०६ जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।