• ११ मंसिर २०८१, मङ्गलबार

चुनाव नजिकिँदै गर्दा कुनै विद्रोह नगर्ने थाइल्यान्डका सेना प्रमुखको वाचा

blog

बैंकक, वैशाख २९ गते । थाइल्यान्डका सेना प्रमुखले सैन्य–समर्थित सरकार कमजोर साबित हुन सक्ने आँकलन सहितको राजनीतिक दलहरूलको चुनावी र्‍यालीहरूको अगाडि बढ्दै गर्दा त्यहाँ कुनै राजनीतिक ‘कू’ को सम्भावना नभएको प्रष्ट पारेका छन् ।

सेनाले थाइल्यान्डमा दर्जनौ पटक सत्ता कब्जा गरे पनि जनरल नारोङपान जितकाउथले सन् २०१४ मा त्यस्तो नदोहोरिने वाचा गर्नुभएको थियो ।

मतदाताहरूले पूर्व सेना प्रमुख र विद्रोही नेता प्रधानमन्त्री प्रयुत चान–ओ–चाको सरकारको पराजय हुन सक्ने भविष्यवाणी गरिरहँदा सेना सत्तामा टाँसिने प्रयास गर्न सक्छ भन्ने डर भने आम जनतामा रहेको छ ।

तर नारोङपानले बिहीबार पत्रकार सम्मेलनमा विगतका विद्रोहहरू ‘धेरै नकारात्मक’ भएको भन्दै सैन्य शासनमा फर्किने अवस्था नरहेको बताएका छन् ।  ‘त्यहाँ अब (कू) हुनु हुँदैन। मेरो लागि, यो शब्द शब्दकोशबाट मेटाइनुपर्छ’ उहाँले भन्नुभयो ।

आइतबारको चुनाव पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी ३६ वर्षीया छोरीले नेतृत्व गरेको फेउ थाईको नेतृत्वमा रहेको विपक्षी र प्रयुतले मूर्त रूप लिएको पुरानो रूढिवादी शाहीवादी–सैन्य शक्तिबीचको भीडन्तको रूपमा हेरिएको छ । फेउ थाई चुनावमा अगाडि देखिएको छ र तल्लो सदनमा धेरै सिट जित्दा  पनि सत्ता हात पार्ने कुनै निश्चितता भने छैन। प्रधानमन्त्रीलाई ५०० निर्वाचित सांसद र २५० सिनेटले छनोट गर्नेछन् – जसका सदस्यहरू सेनाको पक्षमा रहेका र प्रयुतको जन्टाले नियुक्त गरेका थिए ।

फेउ थाईको मुख्य विपक्षी प्रतिद्वन्द्वी मुभ फर्वार्ड पार्टीले भने पुरानो राजनीतिक प्रणालीप्रति गहिरो असन्तुष्टि व्यक्त गर्ने युवा समूहको को व्यापक समर्थन पाएको छ ।

यता ६९ वर्षीय प्रयुतले देशको यो जटिल कालखण्डमा राज्य सञ्चालनका निम्ति अनुभव भएका व्यक्तिको रूपमा आफूलाई प्रस्तुत गर्नुभएको छ । रासस/एएफपी