मीना कंडेल
कावासोती, वैशाख २९ गते । सूर्यभक्त पतनादेबी पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत हुनेभएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले वितरण गर्ने सूर्यभक्त पतनादेबी रास्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार सम्मानित हुने भएका हुन् ।
प्रत्येक बर्ष वितरण गरिने सूर्यभक्त पत्रकारिता पुरस्कारबाट डा. भुमिराज चापागाई, पत्रकार सूर्यचन्द्र बस्नेत, समिरजङ शाह, ईस्वर जोशीलाई सम्मान गरिने अध्यक्ष बिरेन्द्र पराजुलीले जानकारी दिनुभयो ।
सूर्यभक्त पतनादेबिका छोरा मदनभक्त अधिकारीले स्थापना गरेको पुरस्कारबाट प्रत्येक बर्ष लोकतन्त्रको प्रवर्धनमा भूमिका खेल्ने पत्रकारलाई सम्मानित गर्दैआएको छ । पुरस्कारको राशी जनही २५ हजार र ताम्रपत्र रहेको छ ।
यसभन्दाअघि बरिस्ठ पत्रकार किशोर नेपाल, धर्मेन्द्र झा, कुलचन्द्र बाग्ले, किरण पोख्रेल, बिपुल पोख्रेललगायतका पत्रकार सम्मानित भैइसकेका छन् । यसैबीच प्रेस युनियन नवलपुरको अधिवेशन जेठ ५ गते हुनेभएको छ । अधिवेशनले आगामी तीन वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने प्रेस युनियन नवलपुरले जनाएको छ ।