• २२ असार २०८१, शनिबार

विद्यालय भवन शिलान्यास­

blog

गौर समाचारदाता

गौर, वैशाख २८ गते । वृन्दावन नगरपालिका–१, रमौलीमा बुधबार आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छकोठे उक्त विद्यालय भवनको नगर प्रमुख विनोद राउत कुर्मी र वडा नं. १ का वडाध्यक्ष रामनाथ सहनीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । सो भवन ४५ लाख रुपियाँको लागतमा निर्माण हुने वृन्दावन नगरपालिकाले जनाएको छ ।

विद्यालय भवनको निर्माण कार्य गुणस्तरीय एवं फलदायी बनाउनका लागि विद्यालय प्रशासन, नगरवासी, नगरपालिकालगायत सबै पक्षले निर्माण कार्यबारे चासो लिनुपर्र्नेे प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डेले बताउनुभयो ।