• १७ वैशाख २०८१, सोमबार

कान्तिपुर हाफ म्याराथन जेठ ६ मा हुने

blog

म्याराथन बारे जानकारी दिँदै आयोजक ।

काठमाडौं, वैशाख २७ गते । ११औं कान्तिपुर हाफ म्याराथन जेठ ६ गते हुने भएको छ । म्याराथनको यसपालि मुख्य नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा कान्तिपुर पब्लिकेशन्सका सीईओ महेश स्वाँरले जानकारी दिनुभयो । 

प्रतियोगितामा पहिलो पटक कलेज रन विधा थपिएको छ । ७ किलोमिटर दुरीमा हुने यस विधामा १८ वर्षमाथिका विद्यार्थीले दौडन पाउनेछन् । यसबाहेक हाफ म्याराथन (२१.१ किमी), कर्पोरेट (५ किमि) र ह्विलचेयर (३ किमि) गरी अन्य विधा यथावत रहेको छ । 

हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले जनही १ लाख, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुने खेलाडीले पाँच हजार रुपियाँ पाउनेछन् । 

शारीरिक रूपमा फरक क्षमता हुने ह्विलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० रुपियाँ हजार पाउनेछन् । अन्य विधाका विजेतालाई आकर्षक उपहार प्रदान गरिने बताईएको छ ।

थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने म्याराथन र दौड शहरका विभिन्न भाग हुँदै पुनः सेन्ट्रल बिजनेस पार्कमै आएर टुंगिने छ । म्याराथनलाई ग्लोबल आईएमई बैंकले मुख्य प्रयोजन गर्ने भएको छ ।