नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले हेटौँडामा आयोजना हुने नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनकोे उद्घाटन गर्ने कार्यक्रम छ ।
सल्यानमा गत आर्थिक वर्ष २०७८÷०७९ मा प्राकृतिक विपद्बाट आठ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आगलागी, बाढी पहिरो र चट्याङ्गबाट आठ जनाको मृत्यु भएको हो । विपद्बाट एक करोड १६ लाख ५९ हजारको क्षति भएको छ ।
आफ्ना जन्मदिने मातापितालाई बुढेसकालमा स्याहार सुसार, माया स्नेह, श्रद्धासहित उपयुक्त वातावरणमा पालनपोषण तथा रेखदेख गर्नु सन्तानको कर्तव्य हो। अपवादबाहेक मातापिताले सन्तान जन्माएर उचित पालनपोषण, शिक्षादीक्षा तथा रेखदेख गरेर सक्षम अनि सबल नागरिक बनाउन आफ्नो जीवनको मुख्य उद्देश्य लिएका हुन्छन्। यसका लागि उनीहरूले आफ्ना सुख चयन, व्यक्तिगत चाहनालाई समेत तिलाञ्जलि दिन्छन्। तिनै मातापिता वृद्धावस्थामा पुगेसँगै शारीरिक रूपमा अशक्त भएर सन्तानको हेरचाह अनि पालनपोषण आवश्यक पर्ने स्थितिमा पुग्दा कतिपय सन्तानले वास्ता गर्न छोड्छन्। कतिपय सन्तान त कृतध्न भएर उनीहरूको बेवास्ता गर्ने गरेका छन्। कतिपयले अनाथाश्रममा छोडिदिने गरेका छन्। जन्मदिने बाआमालाई बिना आश्रय अलपत्र छोडिदिने जस्ता कुकृत्यसमेत गरेका हाम्रै समाजमा अनेकन घटना देखिएका, सुनिएका छन्।
जन–गणतन्त्र चीनका प्रधानमन्त्री चाउ एन लाइको निमन्त्रणमा प्रधानमन्त्री बीपी कोइराला चीन भ्रमणमा जानुभयो। उहाँसित गएको यो टोलीमा–प्रधानमन्त्री कोइरालाको धर्मपत्नी सुशीला कोइराला, सानी छोरी चेतना तथा मन्त्रीहरू–गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय हुनुहुन्थ्यो। केही उच्च पदस्थ कर्मचारीहरू, पत्रकारहरू र केही उद्योगपति, व्यापारी पनि यसमा सम्मिलित थिए।
आन्तरिक राजश्व कार्यालय दमौलीले गत आर्थिक वर्षमा ९ अर्ब २४ करोड ९२ लाख ४ हजार रुपियाँ राजश्व सङकलन गरेको छ । झण्डै एक लाख करदाताबाट उक्त राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदर्मागमा फाइवरको छाहारी लगाइएको छ । पाथीभराको दर्शनमा जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउन पदमार्गमा फाइवरको छाहारी लगाइएको हो ।
कुनै भवितव्य आइपरेन भने लोकतन्त्रवादी पत्रकारहरूको साझा सङ्गठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आजदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु हुनेछ। लोकतान्त्रिक मूल्य मान्यताका पक्षपाती सञ्चारकर्मीका लागि निश्चय पनि आजको दिन निकै महत्त्वपूर्ण हुनेछ। युनियनको नवौँ महाधिवेशनका गतिविधिप्रति अनेक कारणले युनियनकर्मी मात्र होइन आम व्यक्तिको समेत चासो छ। अहिलेका लागि महत्त्वपूर्ण कुरा के हो भने एउटा लोकतान्त्रिक संस्थाको महाधिवेशन, पूर्णतः लोकतान्त्रिक विधि प्रक्रियाको अनुशरण गरी हुने सुनिश्चित भएको छ।
“मानिसको सर्वाङ्गीण विकास अथवा जीवनको सम्पूर्ण पक्षलाई छुने यस्तो कुनै संस्कृति छ, तिनलाई समात्नु, प्राप्त गर्नुलाई नै समाजवाद भन्छन्। समाजवाद कुनै छुट्टै कानुन होइन, आन्दोलन होइन बरु यो एउटा सांस्कृतिक आन्दोलन हो। समाजवादको एउटा मुख्य लक्ष्य हो– समानता। समानता भनेको राजनीतिक तथा आर्थिक समानता हो,” बीपी कोइराला।
कुनै पनि समाजको सचेतनाको अवस्था कस्तो छ भनेर बुझ्न उक्त समाजले कस्ता विषय प्राथमिकतामा राख्छ, ती विषय कसरी ग्रहण गर्छ वा कस्तो प्रतिक्रिया देखाउँछ भन्नेमा निर्भर गर्छ । मानवनिर्मित भौतिक र रासायनिक क्रियात्मक परिवर्तन तुरुन्तै देखिन वा अनुभूति गर्न सकिन्छ तर सामाजिक परिवर्तन यति सूक्ष्म रूपले भइराखेको हुन्छ कि सतहमा देखिन र अनुभूति गर्न लामो समय नै चाहिन्छ । यसको अर्थ परिवर्तन रोकिएको हुँदैन।
कनकाई नगरपालिका–४ मा अवस्थित सिंहदेवी आधारभूत विद्यालयले पुरानो टिनको कच्ची भवनमाथि तला थपेर १८ लाख रुपियाँ निकासा गरेको पाइएको छ। राष्ट्र«पति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयले दुई कोठे विद्यालय भवन निर्माणका लागि १८ लाख रुपियाँ पाएको थियो। उक्त रकमलाई विद्यालयले आफ्नो पुरानो टिनको भवनमाथि टिन उक्काएर सोही भवनमा अर्को तला थपेर रकम निकासा गरेको हो। पहिले तला नथप्ने गरी बनाएको पुरानो टिनको छानो भएको भवनमा रडसमेत छैन भने बनाइएको उक्त भवन भूकम्प प्रतिरोधकसमेत नभएको स्थानीय विक्रम पाण्डेले बताउनुभयो।
चितवनको पूर्वी क्षेत्रमा पर्ने राप्ती नगरपालिकामा शिक्षा, स्वास्थ्य, नदी कटान र डुबानका प्रमुख समस्या छन् । यी सबै समस्यालाई प्राथमिकताका आधारमा कार्य विभाजन गरेर काम गर्ने योजना तयार भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा बताउनुहुन्छ । “आन्तरिक आय कमजोर भए पनि यो पालिकामा हामीले जनताको आवश्यकतालाई मध्यनजर गरेर कामलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो, “माध्यमिक विद्यालयसम्म अहिले पनि निःशुल्क अध्ययन गर्न पाउने अवस्था छैन । त्यसैले पहिलो काम माध्यमिक तहसम्म सबैलाई निःशुल्क शिक्षा उपलब्ध गराउने योजना रहेको छ ।”
पोखरामा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन आवश्यक रहेको पर्यटन व्यवसायीले बताएका छन् । कोरोना महामारीले थला परेको पोखराको पर्यटन क्षेत्र तङ्ग्रिन थालेको अवस्थामा पोखराको नयाँनयाँ पर्यटकीय गन्तव्य पहिचान र विकास गर्नुपर्ने उहाँहरुको जोड छ ।
नेपालको ऊर्जा क्षेत्रको विकासका लागि पनि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण हुनुपर्नेमा जोड दिइएको छ । जेठदेखि भारतमा दैनिक ३६४ मेगावाट बिजुली निर्यात भइरहेको सन्दर्भमा प्रसारण पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा सरोकार भएका व्यक्ति वा निकायले जोड दिएका छन् ।
काठमाडौं, साउन ५ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा द्रौपदी मुर्मूलाई बधाई दिनुभएको छ। भारतको राष्ट्रपति पदमा मुर्मू निर्वाचित भए लगत्तै ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले बधाई तथा तथा शुभकामना दिनुभएको हो।प्रधानमन्त्री देउवाले ट्वीटमा नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभएको छ। मुर्मू बिहीबार भारतको १५ औं राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको हो।
काठमाडौं, साउन ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतको पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले भारतको राष्ट्रपति पदमा द्रौपदी निर्वाचित हुनुभए लगत्तै ट्वीटरमार्फत् बधाई तथा शुभकामना दिनुभएको हो । मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गर्नुभएको ट्विट सन्देशमा उल्लेख गर्नुभएको छ ।