काठमाडौं, साउन ५ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यक्ता नभएको बताउनुभएको छ। बलियो केन्द्रीय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको आवश्यक्ता नरहेको बताउनुभएको हो। बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको उल्लेख गर्नुभयो। अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि अब समानुपातिक निर्वाचन प्रणालीमा जानु उपयुक्त हुनेतर्क अध्यक्ष थापाको छ। उहाँले भन्नुभयो, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ। संघीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई वटा तहको संघीय स्वरुप कायम गर्न उपयुक्त हुन्छ। प्रदेश सरकारको आवश्यक्ता छैन भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता रहेको छ।’अध्यक्ष थापाले राष्ट्रवादी शक्तिबीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताउनुभयो। उहाँले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबीसमेत गनुभयो।
काठमाडौं,साउन ५ गते। नेपाल डेन्टल साइन्स हाइजीनिस्ट एसोसिएसनका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई भेटेर तीन बुँदे मागपत्र पेश गरेका छन्। एसोसिएसन अध्यक्ष माइकल देवकोटासहितको टोलीले राज्यमन्त्री केसीलाई भेटेर मागपत्र पेश गरेका हुन्। संघले दैनिक प्रयोग हुने दन्त मन्जन र ब्रसको गुणस्तर यसको अनुगमन हुनुपर्ने, डेन्टलमा प्रयोग हुने औषधि डेन्टल कच्चापदार्थको गुणस्तर र अनुगमन व्यवस्थापन हुनुपर्ने माग गरेको छ।दाँतमा प्रयोग हुने औषधिजन्य वस्तुको गुणस्तर र अनुगमन हुनुपर्ने माग राखिएको संघका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै काठमाडौंमा विद्यार्थीले प्रदर्शन जारी राखेका छन् । सत्ता गठबन्धन दलहरु निकट भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल क्रान्तीकारी केन्द्रीय कमिटी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन लगायतका संयुक्त विद्यार्थी संगठनले अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन जारी राखेका हुन् ।
अन्तर्राष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्यरुपमा मनाइने भएको छ । साउन २७ गते सो दिवस मनाउन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । युवाहरुलाई देश र जनताप्रति जवाफदेही हुनेगरी काम गर्न प्रेरित गर्ने उद्देश्यकासाथ सो अन्तर्राष्ट्रिय दिवस मनाउन बिहीबार सो मूल समारोह समिति गठन गरिएको मन्त्री गहतराजले बताउनुभयो ।
पछिल्लो एक साता निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचकमा बिहीबार सामान्य अङ्कले गिरावट आएको छ।
हुुम्ला साउन ५ गते । अति विपन्न परिवारलाई जस्तापाता सहयोग गरिएको छ । घर भएका तर जस्तापाताले छाउन नसक्ने नागरिकलाई सुरक्षित नागरिक आवास कार्यक्रममार्फत जस्तापाता वितरण गरिएको हो ।खार्पुनाथ गाउँपालिका-५ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भरतजङ्ग शाहीले पाँच वटै वडाका ३५ घरधुुरीलाई जस्तापाता वितरण गरिएको बताउनुुभयो । गाउँपालिकाका ३५ घरधुरीलाई १६ थानका दरले जस्तापाता वितरण गरिएको हो । जस्तापाता किन्न नसकेर घाँस र परालले छाएका घरमा हरेक वर्ष आगलागी हुँदै आएको छ । आगलागीबाट बस्ती जोगाउन जस्तापाता विरण गरिएको प्रवक्ता शाहीको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशङ्का गर्नुभएको छ ।
राष्ट्रिय सूचना आयोगले ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्यौट गरेको छ । आयोगका अनुसार एक हजार ८१ वटा पुनरावेदन परेकोमा एक हजार ७७ वटा पुनरावेदन फर्छ्यौट गरेको बताएको हो । आयोगमा महिला तर्फबाट ८३९ वटा र पुरुष तर्फबाट २४२ वटा रहेका छन् ।
चेक बाउन्स मुद्दामा कनकाई नगरपालिका ४ का दिलकुमार कार्कीलाई बिहीवार इलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक जारी छ । काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशाको विषयमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
पश्चिम नेपालमै सबैभन्दा बढी राजस्व सङ्कलन गर्दैआएको नेपालगञ्ज भन्सार कार्यालयले धेरै वर्षपछि पहिलो पटक लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेको छ ।
सांसद ज्ञवालीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्याउन नसक्नु लज्जास्पद भएको बताउनुभयो ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीसँग जोडिने सडक सञ्जालहरु लगातारको वर्षाले गर्दा हिलाम्मे हुँदा यात्रामा सर्वसाधारणलाई जोखिम एवम् सास्ती भएको छ ।
काठमाडौं, साउन ५ गते । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा अभिनित फिल्म 'लाइगर'को ट्रलेर सार्वजनिक भएको छ । दक्षिण भारतीय फिल्म 'डियर कमरेड'बाट चर्चा बटुलेका विजयको यो डेब्यू बलिउड फिल्म हो ।फिल्मकी मुख्य अभिनेत्री अनन्या पाण्डे विजयकी प्रेमिकाको भूमिकामा देख्न सकिन्छ । दुई मिनेटको ट्रेलरमा देवरकोन्डालाई बक्सरको भूमिकामा देखाइएको छ । त्यसैगरी, फिल्ममा रम्या कृष्ण विजय देवरकोन्डाकी आमाको भूमिका देखिएका छन् । फिल्म करण जोहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । पुरी जगन्नाथले निर्देशन गर्नुभएको यो फिल्म २५ अगस्ट अर्थात् भदौ ९ गते प्रदर्शनमा आउने बताइएको छ ।
विश्वको सबैभन्दा बुढो भाले पान्डाको मृत्यु भएको छ । हङकङको चिडियाघरका राखिएको ३५ वर्षको पान्डामो मृत्यु भएको हो । एन एन नाम राखिएको पाण्डाको उमेर ३५ बराबर मानिसको उमेर १०५ वर्षको हुन्छ ।