• १५ असार २०८१, शनिबार

फरक शीर्षकमा एसपीपी सम्झौता गर्ने तयारी भयो : सांसद गुरुङ

blog

फाइल तस्बिर

काठमाडौं, साउन ५ गते । नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशङ्का गर्नुभएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

परराष्ट्र मन्त्रालयका सह सचिव सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्नुहुँदै गुरुङले फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशङ्का व्यक्त गर्नुभयो ।

परराष्ट्र मन्त्रालयले पछिल्लो समयमा तत्कालै पत्राचार गर्न नसकिने र विभिन्न पक्षसँग संवाद, सल्लाह, परामर्श गरेर मात्रै गर्ने प्रक्रिया अगाडि बढ्ने धारणा सार्वजनिक गर्नु दुःखद रहेको गुरुङको भनाइ छ । 

परराष्ट्र मन्त्रालयको अभिव्यक्ति मन्त्रिपरिषद्को निर्णय विपरीत भएको बताउनुहुँदै उहाँले अविलम्ब एसपीपीसम्बन्धी पत्राचार गर्न सभामखुले रुलिङ गर्नुपर्ने माग गर्नुभयो ।

सांसद गुरुङले अन्य कुनै पनि बहानामा एसपीपी सम्झौता स्वीकार्य नहुने प्रष्ट पार्नुभयो ।