• १३ असोज २०८१, आइतबार

समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसक्नु लज्जास्पद : सांसद ज्ञवाली

blog

फाइल तस्बिर

काठमाडौं, साउन ५ गते । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्नुहुँदै सांसद ज्ञवालीले सो कुरा बताउनुभएको हो ।

सांसद ज्ञवालीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्‍याउन नसक्नु लज्जास्पद भएको बताउनुभयो ।

यसैगरी, उहाँले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदासमेत सरकारले जनतासँग लुट्न मूल्य नघटाएको आरोप लगाउनुभयो ।

त्यस्तै, किसानले मलखाद नपाइरहेको अवस्थामा सरकार यतिका दिनसम्म पनि गैर जिम्मेवार भएर बस्न नमिल्ने उहाँले तर्क छ ।

गठबन्धन सरकारले जनताका समस्या समाधान गर्न नसकेको आरोप लागउनुहुँदै ज्ञवालीले सरकार जनताबाट कर उठाउनका निम्ति मात्रै हो ? भन्दै प्रश्न गर्नुभयो ।