ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन अर्थात आज बिहीबार बिहान बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घरमा आगलागी भएको हो ।
पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन जना पीसीआर र एक जनाको एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।
बुधबार मध्यरातमा इजरायलले दमासकसमा क्षेप्यास्त्र आक्रमण गरेको सरकारी समाचार समिति संस्था सानाले जनाएको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भाइटीका ग्रहण गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले टीकाको साइतमा आज विहीबार काठमाडौंको धापासीस्थित आफ्नो निवासमा दिदीवहिनीबाट भाइटीका ग्रहण गर्नुभएको हो ।
आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि सानदार जित निकालेको छ । सिड्नीमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिका बंगलादेशलाई एक सय चार रनले हरायो ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाउनुभएको छ । बिहीवार भाइटीकाको अवसरमा शुभ साइतमा उहाँले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका ग्रहण गर्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गर्नुभएन ।
लोकतान्त्रिक समाजवाद पार्टीका केन्द्रीय सदस्य राजाराम साह नेकपा एमाले प्रवेश गर्नुभएको छ । साहसहित लोसपाका प्रियारानी रश्मि सिंह, प्रदेश सदस्य राजकुमार सिंह र बाराका जिल्ला कमिटी सदस्यहरु पार्टी प्रवेश गर्नुभएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
गुल्मीको प्रदेशसभा निर्वाचन क्षेत्र नं –२ (क) का गठबन्धनका साझा उम्मेदवार भुवनप्रसाद श्रेष्ठले जिल्लालाई विकास निर्माणमा नमूना बनाउने बताउनुभएको छ । निर्वाचनमा विजयी गराई आम गुल्मेली जनताको सेवासँगै जिल्लालाई विकास निर्माणमा नमूना बनाउन अवसर प्रदान सबै मतदातासँग आग्रह गर्नुभएको हो ।
कैलालीमा जङ्गली हात्तीको झुन्डले किसानको धानबालीमा नोक्सान गरेको छ । गएराति गाउँ पसेको हात्तीको झुन्डले गौरीगङ्गा नगरपालिका–१, ३, ४ र ५ मा किसानको धानबालीमा नोक्सान गरेको हो ।
कैलालीमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । गएराति घरमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर लम्कीचुहा नगरपालिका–४ का १९ वर्षीय कमल बजगाइँको ज्यान गएको हो ।
तिहारमा तनहुँ कारागारका कैदीबन्दीले तीन वर्षपछि भाइटीका लगाउन पाउने भएका छन् । कोरोना सङ्क्रणले गर्दा यसअघि भाइटीका लगाउन नपाए पनि यसपाली लगाउन पाउने व्यवस्था मिलाइएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।