• १२ असार २०८१, बुधबार

लिभरपुल नकआउट चरणमा प्रवेश

blog

आयाक्सविरुद्ध गोल गरेपछि लिभरपुलका मोहमद सलाह । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक १० गते । इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले डच क्लब आयाक्सलाई ३-० गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो । लिभरपुलको जितमा मोहमद सलाह, डार्विन नुनेज र हार्भे इलियटले गोल गर्नुभयो ।

एकपक्षीय खेलमा सलाहले ४२औं मिनेटमा गोल गर्दै लिभरपुलको उत्साह जगाउनुभयो ।४९ औं मिनेटमा नुनेजले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । ५२औं मिनेटमा गोल गर्दै लिभरपुललाई सजिलै जिताउनुभएको थियो ।

जितसँगै लिभरपुल समूह ‘ए’ को उपविजेता बन्यो । लिभरपुलले पाँच् खेलबाट १२ अंक बनाएको छ । तीन अंक बनाएको आयाक्स तेस्रो स्थानमा छ । 

समूह समूह ‘सी’ को अर्को खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब बायर्न म्युनिखसँग ३-० गोलले पराजित हुँदै बाहिरिएको छ ।

अन्य खेलमा नापोलीले रेन्जर्सलाई ३-० र इन्टर मिलानले पाल्जेनलाई ४-० गोलले स्तब्ध बनाएको छ । टोट्टनहाम र स्र्पोटिङ सिपीले १-१, एट्लेटिको म्याड्रिड र वायर लिभरकुशेन २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी