• १३ असोज २०८१, आइतबार

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा भाइटीका ग्रहण

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १० गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भाइटीका ग्रहण गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले टीकाको साइतमा आज बिहीबार काठमाडौंको धापासीस्थित आफ्नो निवासमा दिदीबहिनीबाट भाइटीका ग्रहण गर्नुभएको हो । 

प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नं. ५ मा उम्मेदवार समेत रहनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिदीहरू सावित्री दाहाल र मेनका पौडेलले भाइटीका लगाइदिनुभएको उहाँको सचिवालयले जनाएको छ ।