• १० मंसिर २०८१, सोमबार

नेप्से परिसूचक ५.८७ अङ्कले गिरावट

blog

फाइल तस्बिर

काठमाडौं, साउन ५ गते। पछिल्लो एक साता निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचकमा बिहीबार सामान्य अङ्कले गिरावट आएको छ। 

बिहीबार नेप्से परिसूचक ५.८७ अङ्क घटेर २०४४.७२ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८६ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अङ्क र सेन्सेटिभ इण्डेक्स ०.५० अङ्कले गिरावट आएको छ। 

बिहीबार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ८ हजार कित्ता शेयर १ अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा कारोबार रकम पनि गिरावट आएको छ। बुधवार १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको थियो। 

बिहीबार नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमा अन्य उपसमूहको परिसूचक १.०९ प्रतिशत बढेको छ भने बैंकिङ उपसमूहको ०.१७ प्रतिशत बढेको छ। यता, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी गिरावट आएको छ। 

बिहीबार नेप्सेमा गिरावट आए पनि सेन्ट्रल फाइनान्सको शेयर मूल्य ३.१६ प्रतिशत बढेको छ। त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त, नेशनल माइक्रो फाइनान्स र गुराँस लघुवित्तको शेयर मूल्य २ प्रतिशतभन्दा बढी बढेको छ। यता किसान लघु वित्तको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। बिहीबार कारोबारमा आएको शिवम् सिमेन्ट्स कम्पनीको १७ करोड ८० लाख १ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ।