• १५ असार २०८१, शनिबार

राप्रपाको केन्द्रीय कार्यसमितिमा राजनीतिक प्रतिवेदन पेश

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक जारी छ । काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशाको विषयमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

राप्रपा बैठकमा पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहरालगायतका पदाधिकारीको सहभागिता छ । आजको बैठक सुरु हुनुपूर्व अध्यक्ष लिङ्देनले पार्टीका नवनियुक्त केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको श्रेष्ठले बताउनुभयो ।