• १५ असार २०८१, शनिबार

विपन्नलाई जस्तापाता सहयोग

blog

सहयोग प्राप्त जस्तापाता बोकेर घर फर्किने तयारी गर्दै स्थानीय । तस्बिर : राजन रावत, हुम्ला

हुुम्ला साउन ५ गते । अति विपन्न परिवारलाई जस्तापाता सहयोग गरिएको छ । घर भएका तर जस्तापाताले छाउन नसक्ने नागरिकलाई सुरक्षित नागरिक आवास कार्यक्रममार्फत जस्तापाता वितरण गरिएको हो ।

खार्पुनाथ गाउँपालिका-५ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भरतजङ्ग शाहीले पाँच वटै वडाका ३५ घरधुुरीलाई जस्तापाता वितरण गरिएको बताउनुुभयो । 

गाउँपालिकाका ३५ घरधुरीलाई १६ थानका दरले जस्तापाता वितरण गरिएको हो । जस्तापाता किन्न नसकेर घाँस र परालले छाएका घरमा हरेक वर्ष आगलागी हुँदै आएको छ । आगलागीबाट बस्ती जोगाउन जस्तापाता विरण गरिएको प्रवक्ता शाहीको भनाइ छ ।