• १५ असार २०८१, शनिबार

स्वास्थ्य राज्यमन्त्रीसँग दन्त मन्जन र ब्रसको गुणस्तर अनुगमनको माग

blog

काठमाडौं,साउन ५ गते। नेपाल डेन्टल साइन्स हाइजीनिस्ट एसोसिएसनका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई भेटेर तीन बुँदे मागपत्र पेश गरेका छन्। 

एसोसिएसन अध्यक्ष माइकल देवकोटासहितको टोलीले राज्यमन्त्री केसीलाई भेटेर मागपत्र पेश गरेका हुन्। संघले दैनिक प्रयोग हुने दन्त मन्जन र ब्रसको गुणस्तर यसको अनुगमन हुनुपर्ने, डेन्टलमा प्रयोग हुने औषधि डेन्टल कच्चापदार्थको गुणस्तर र अनुगमन व्यवस्थापन हुनुपर्ने माग गरेको छ।

दाँतमा प्रयोग हुने औषधिजन्य वस्तुको  गुणस्तर र अनुगमन हुनुपर्ने माग राखिएको संघका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो।