• २४ कात्तिक २०८२, सोमबार

कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

blog

कोल्टी आधारभूत अस्पताल । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, कात्तिक २४ गते ।
जिल्लाको  पूर्वी उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाले सोमबारबाट कोल्टी आधारभूत अस्पतालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरेको छ ।

दुर्गम गाउँ बस्तीमा रोग पाल्दै बस्न बाध्य भएका स्थानीयहरुको सहजताका लागि पालिकाले एक एक पाइला, गेटा आँखा अस्पताललाई समन्वयमा गर्दै आजबाट कोल्टी आधारभूत अस्पतालमा  विशेषज्ञ चिकित्सकद्वारा सो शिविरको सञ्चालन गरेको हो ।

शिविरमा आँखा रोग तथा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया, जेनेरल मेडिसिन, छाला रोग सेवा, नाक, कान, घाँटी रोग सेवा, स्त्री तथा प्रसूती सेवा, दन्त रोग सामान्य शल्यक्रिया  कलेजो रोग हाड तथा जोर्नी रोग, बाल रोग तथा प्याथोलोजी सेवा रेडियोलोजी, इन्डोस्कोपी र फार्मेसी सेवा निःशुल्क रुपमा प्रदान गरिने बुढीनन्दा नगरपालिकाले जनाएको छ ।

दुर्गम गाउँबस्तीमा बसोवास गर्दै आएको गरिब दलित तथा विपन्न परिवारको आर्थिक अवस्थाका कमजोर भएका कारण प्रायः उनीहरु बाहिर गएर आफ्नो राम्रोसँग उपचार गराउन सकिरहेका छैनन् ।

रोग लागे पनि आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरु त्यसलाई पालेर बस्न बाध्य हुनुभएको हो । उहाँहरुको त्यो समस्यालाई दृष्टिगत गरेर हामीले एक एक पाइला तथा गेटा आँखा अस्पतालसँग पाँच वर्षसम्मका लागि प्रत्येक वर्ष कोल्टी आधारभूत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरी सम्झौता गरेका थियौँ ।

अहिले यो सम्झौता गरेको झण्डै तीन वर्ष पुग्यो । दुई वर्ष अँझै बाँकी छन् । गएका ती तीन वर्षमा पनि हामीले यसै अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ । त्यो शिविरमा यहाँको मात्र नभई छिमेकी जिल्ला मुगु हुम्ला लगायतका धेरै स्थानीयहरुले निःशुल्क रुपमा सेवा लिनुभएको थियो ।

यति बेलामा पनि हाम्रो त्यति सम्झौता अनुसार कोल्टी आधारभूत अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छौँ ।

यो शिविरमा कानको अप्रेसन लेजर प्रविधिबाट गरिने भएको छ । दुर्गम ठाउँमा यसरी यो लेजर प्रविधिबाट अप्रेसन गर्ने भनेको पहिलो हो । त्यसैले यहाँका कानको समस्या भएकाहरुले पनि यो शिविरबाट निकै राम्रो सेवा लिन सक्नुहुन्छ । दुर्गम गाउँ बस्तीका स्थानीयले रोग पालेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी हामीले यती बेलामा पनि विशेषरुपमा यो शिविरको आयोजना गरेको बुढीनन्दा नगरपालिका नगरप्रमुख जनकबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सो शिविर २६ गते बुधबारसम्म सञ्चालन हुनेछ । शिविरमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि बिहान १० देखि ३ः३० बजेसम्म नाम दर्ताको समय तोकिएको छ ।”

यो शिविरमा काठमाडौँदेखि विभिन्न रोग विशेषज्ञ डाक्टरहरु आएर सेवा दिने भएकाले आफूलाई के समस्या त्यो समस्या भएकाहरुले यो शिविरमा आएर आफ्नो नाम दर्ता गराई समयमै निःशुल्क रुपमा स्वास्थ्य सेवा लिन हुन हामीले अहिलेदेखि स्थानीयलाई जानकारी गर्दै आएको प्रमुख बोहराले बताउनुभयो ।