• १३ असोज २०८१, आइतबार

अवकाशप्राप्त स्वयंसेवकलाई एक लाखसहित सम्मान

blog

स्वास्थ्य स्वयंसेविका । फाइल तस्बिर

झापा, असार १२ गते । महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकलाई मेचीनगर नगरपालिकाले एक लाख नगदसहित सम्मान गरेको छ । नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशन समापनका अवसरमा स्वयंसेवक तेजमणि मेचेलाई सम्मान गरिएको हो । 

विगत लामो समयदेखि निरन्तर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्दै मेचीनगर-८ निवासी ६० वर्षका मेचेले अनिवार्य अवकाश लिनुभएको छ । पालिकाले यसअघि १२ जना स्वयंसेविकालाई सम्मान गरेको थियो । मेचीनगर नगरपालिका झापाको सबैभन्दा बढी बजेट भएको पालिका हो । मेचीनगरले यो वर्ष दुई अर्ब पाँच करोड २९ लाखको बजेट नगरसभामा पेस गरेको छ । रासस