• १५ असार २०८१, शनिबार

चेक बाउन्स मुद्दामा झापाबाट एक जना पक्राउ

blog

फाइल तस्बिर

बिर्तामोड, साउन ५ गते।  चेक बाउन्स मुद्दामा कनकाई नगरपालिका ४ का  दिलकुमार कार्कीलाई बिहीवार इलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको छ। 

बिहीबार  बिहान साढे ७ बजे सुरुङ्गा बजारबाट इलाका प्रहरी कार्यालय सुुरुङ्गाका प्रहरी प्रमुख मानबहादुुर जिम्बा नेतृत्वको टोलीले कार्कीलाई पक्राउ गरेको हो। 

 कार्कीलाई अदालतको चेक बाउन्सको मुद्दामा एक वर्ष कैद र एक हजार जरिवानाको सजाय सुुनाइएको छ। अदालतले १० लाख बिगोसमेत माग गरेको छ। 

झापा कनकाई नगरपालिका ३ का मीनकुमार प्रधानले कार्कीविरुद्ध चेक बाउन्सको मुद्दा दायर गर्नुभएको थियो। प्रधानलाई कार्कीले बैंकमा पैसा नभएको जान्दाजान्दै १० लाख रुपियाँको चेक दिनुभएको थियो।