• १३ असोज २०८१, आइतबार

प्राकृतिक विपद् बाट आठ जनाको मृत्यु, एक करोड बढी क्षति

blog

सल्यान, साउन ६ गते । सल्यानमा गत आर्थिक वर्ष २०७८/०७९  मा प्राकृतिक विपद्बाट आठ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आगलागी, बाढी पहिरो र चट्याङ्गबाट आठ जनाको मृत्यु भएको हो । विपद्बाट एक करोड १६ लाख ५९ हजारको क्षति भएको छ ।

चालु आर्थिक वर्षको श्राउन देखि असार महिनासम्म आगलागी, बाढी पहिरो, चटयाङ, हावाहुरी र अविरल बर्षा लगायतका विपद्का घटनाबाट एक करोड १६ लाख ५९ हजार बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार आगलागीबाट एक, बाढी पहिरोबाट ६ र चट्याङ्गबाट १ जनाको मृत्यु भएको छ । 

आगलागीबाट १३  घरमा क्षति पुगेको छ । आगलागीबाट २४ वटा बाख्रा ३ सय कुखरामा क्षति पुगेको छ ।  यस्तै २१ महिला, १९ पुरुष र २८ जना बालबालिका प्रभाबित भएका छन । आगलागी बाट ५७ लाख बराबरको क्षति भएको छ । 

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले  बाढी पहिरोबाट ६  जनाको मृत्यु, १ घाइते भएको बताउनुभयो । उहाँका अनुसार २ घरका ३ महिला, ४ पुरुष र ६ बालबालिका प्रभाबित भएका छन भने १२ लाख बराबरको क्षति भएको छ । 

यस्तै चट्याङ्गबाट १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन  । जसबाट १ घरका ५ महिला, ५ पुरुष र ११ बालबालिका प्रभावित भएका छन । ७ वटा पशुपंक्षिको मृत्यु भएको छ । जस बाट २० लाख बराबरको क्षति भएको  छ । 

यस्तै हावाहुरी बाट ३ वटा घर, ९ वटा बिद्यालयमा गरी १७ लाख ८३ हजार बराबरको क्षति भएकोे छ । हावाहुरीबाट १७ लाख ८३ हजार बराबरको क्षति भएको छ भने अबिरल वर्षाबाट  करिब ९७ लाख ६० हजार बराबरको क्षति सल्यान प्रशासनले जनाएको छ ।


Author

प्रतीक इच्छुक शर्मा