नेपालका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया र नविता श्रेष्ठले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागीता पक्का भएको छ ।
नागरिक उन्मुक्ति पार्टीे सरकारमा सहभागी हुने भएको छ ।
१३औं विश्व बडिबिल्डिङ एन्डि फिजिक स्पोर्ट्स च्याम्पियन्सीपमा शुक्रबार नेपालका प्रज्वलमान शाक्यले काश्य पदक जित्नुभएको छ । थाइल्यान्डको फुकेटमा भएको प्रतियोगितामा प्रज्वलले ६५ केजी तौल समूहमा तेस्रो स्थान हािसल गर्नुभएको हो ।
सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जित्नुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सञ्चालित चार दिने प्रतियोगितामा भुवनले अन्तिम दिन शुक्रबार चार अन्डर ६४ खेल्नुभयो ।
कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ ।
नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार तथ्यांकले देखाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानुनले दिएको अधिकार र अवसरबाट महिलालाई बञ्चित गरिन नहुने बताउनुभएको छ।
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस २०२२ विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘भ्रष्टचार गर्दैनौँ, सहँदैनौँ, म घुस लिन्न, म घुस दिन्न’ प्ले कार्डसहित आज बजार परिक्रमा गरिएको थियो ।
कैलालीको धनगढी उपमहानगरपालिकाले ‘नमस्ते मेयर जनगुनासो सुनुवाई सेवा’ सञ्चालन गरेको छ । भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्धन गर्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाले सो सेवा सञ्चालनमा ल्याएको हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सहकारीका नेतृत्व तथा व्यवस्थापकलाई सबल बनाउने तालिम सम्पन्न गरेको छ । नगरपालिकाले १५ सहकारीका २५ जना सञ्चालक तथा कर्मचारीलाई तालिम प्रदान गरेको हो ।
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भन्दै संघीय संसद्का महासचिवले दिएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
ताप्लेजुङमा मोतियाबिन्दु भएका एक सय आठ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ।
गृहमन्त्री बालकृष्ण खाणले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताउनुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।