कर्ण कायस्थ महासभा नेपाल तथा भारत मर कर्ण कायस्थ महिला समाज नेपालद्वारा आयोजित मिथिला संस्कृति तथा कर्ण कायस्थ विषयक दुईदिने अन्तर्राष्ट्रिय कार्यक्रम सुरु भएको छ । ज्येष्ठ नागरिक डा. गौरीशङ्करलाल दासको आतिथ्यमा सुरु भएको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिलाई सम्मान गरिनुका साथै वरिष्ठ समाजसेवी, मानव अधिकारवादी, चिकित्सक तथा नेपालका विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो
नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ ।
उपत्यकामा प्रचलित ऐतिहासिक, सांस्कृतिक महत्वको दाफा भजन परम्पराको संवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘दाफा पुकार’ तेस्रो संस्करण शुक्रबारदेखि सुरु भएको छ । फोक लोकद्वारा विभिन्न संस्थासँगको सहकार्यमा आयोजित दाफा पुकार कार्यक्रमको स्रुवात कीर्तिपुर पाँगाको बालकुमारी दाफा खलःको प्रस्तुतिबाट गरिएको थियो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले महानगरभित्रका मूर्त/अमूर्त सम्पदाको संरक्षणका लागि महानगरले काम गरिरहेको बताउनुभयो ।
अब नेपाल राष्ट्र बैङ्कमै सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना हुने भएको छ । राष्ट्र बैङ्कले शुक्रबार सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी गतिविधि निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न लागेको जनाएको हो । महाशाखा आगामी माघ १ गतेदेखि सञ्चालन हुने राष्ट्र बैङ्कले जनाएको छ ।
जिल्लाको बगनासकाली–३, आर्यभाङ्ज्याङ् नजिकै मोटरसाइकल र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
आव २०७८/७९ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब तीन खर्ब ३९ अर्ब हुने अनुमान गरिएको छ ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–८, सुनखानाका सबैजसो घरमा सुन्तलाको बगैँचा छ । यहाँका किसानले सुन्तलाबाट वार्षिक तीन/चार लाख रुपियाँसम्म पनि आम्दानी गर्दै आएका छन् । यस वडाका झिमखोला, पाटा, स्यालापाखा, लम्पाकोट, सुनखाना र भुरुङ्गालगायतका ठाउँमा सुन्तला पाकेर पहेँलपुर भएका छन् । किसानलाई सुन्तला टिप्न भ्याइनभ्याइ छ । यहाँका प्रत्येक किसानको बगैँचामा यस पटक राम्रै उत्पादन भएको छ । राम्रो फलेका कारण यस वर्ष राम्रै आम्दानी हुनेमा यहाँका किसान आशावादी देखिन्छन् । तर, शीतभण्डारको अभावले सस्तोमा बेच्नुपर्ने बाध्यता किसानको छ ।
प्रधानमन्त्री रोजगारी कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या बढेको छ । गत वर्षभन्दा यस वर्ष सो कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या एक लाख ३३ हजार बढेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार गत आर्थिक वर्षको सात महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सात लाख आठ हजार २४५ जना युवा दर्ता भएकोमा चालू आर्थिक वर्षको अहिलेसम्म यो सङ्ख्या बढेर आठ लाख ४१ हजार ५०३ पुगेको हो ।
स्थानीय बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेर एक लाख रुपियाँ नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारणले गर्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । शुक्रबार सुन प्रतितोला छ सय रुपियाँले मूल्य बढेर एक लाख तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्सिर महिना सुरु भएदेखि नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य बढ्दै गएकाले स्थानीय बजारमा मूल्य बढ्दै गएको हो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनमा लगानीकर्ताको आकर्षण बढ्दै गएकाले मूल्य बढ्न थालेको उहाँले बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको मर्म तथा भावनालाई आत्मसात् गर्न सबै पक्ष र निकायसँग आग्रह गर्नुभएको छ ।
ललितपुरस्थित ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन)को निर्माण शुक्रबारदेखि सुरु भएको छ । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले फ्लाइओभर निर्माणसम्बन्धी काम शुक्रबारदेखि सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तत्काल फ्लाइओभर निर्माणसँगै सो क्षेत्रमा हुन सक्ने ट्राफिक जामको व्यवस्थापनका लागि कामहरू सुरु गरिएको छ । ट्राफिक व्यवस्थापनसँगै अबको केही दिनमा भौतिक रूपमै काम सुरु हुन्छ ।”
सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कामकाज रोक्ने अघिल्लो पत्रलाई निष्प्रभावी गरेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले रिटको अन्तिम टुङ्गो नलागेसम्म पत्र कार्यान्वयन नगर्न आदेश गरेको हो।
त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन्।
काठमाडौं, मङ्सिर २३ गते । नेपाली संगीत क्षेत्रका अग्रज प्रतिभाको सम्झना गर्दै तयार भएको ‘अजम्बरी उपहार’ बोलको गीत सार्वजनिक भएको छ। आचार्य प्रभाले रचना गर्नुभएको गीतमा गायक संगीतकार सजल न्यौपानेको स्वर रहेको छ। गीतमा सिमा पोख्रेलको संगीत रहेको छ। अग्रज कलाकारको महत्व अनि योगदानलाई बचाइराख्न र नयाँ पुस्तालाई उहाँहरुको योगदान याद गराइराख्न यो गीत तयार पारिएको गायक न्यौपानेले बताउनुभयो।
शिवराज नगरपालिका वडा नम्बर २ मा बसोबास गर्ने १४७ जनालाई लापुर्जा वितरण गरिएको छ।