• १७ असार २०८१, सोमबार

कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

blog

रेखीराम राना

पाल्पा, मङ्सिर २४ गते । जिल्लाको बगनासकाली–३, आर्यभाङ्ज्याङ् नजिकै मोटरसाइकल र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ दुर्घटनामा घाइते हुनुभएका रुपन्देही जिल्ला ओमसतिया गाउँपालिका–१, बस्ने ३४ वर्षका रामबहादुर गुप्ताको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिद्धार्थ राजमार्ग हुँदै बगनासकाली–३, बाट राम्दी तर्फ जाँदै गरेको लु २९ प ४३२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा ९ च ९२९९ नम्बरको कार आपसमा ठोक्किएको हो । गुप्तासँगै मोटरसाइकलमा सवार ३० वर्षका भीमबहादुर बस्याल घाइते हुनुभएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।