रुकुमपूर्वको सबैभन्दा बढी सुत्केरी हुने सिस्ने स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा आधारभूत आवश्यकताका सामानसमेत अभाव छ। राति आएका बिरामी, सुत्केरी हुने र गर्भवतीको उपचार गर्नु परेमा दाउरा बालेर सेवा दिनुपर्ने अवस्था छ। ‘बर्थिङ सेन्टर’मा कार्यरत अनमी राधिका केसीले गर्भवती जाँच र सुत्केरी सेवा दाउरा बालेको उज्यालोकै भरमा दिने गरेको बताउनुभयो। उहाँले दुर्गमका गर्भवती महिलाले भोग्नु परेका समस्या र न्यूनतम आधारभूत सामग्रीको अभावमा बर्थिङ सेन्टरमा उच्च जोखिम मोलेर सुत्केरी गराउँदा निकै सकस हुने गरेको पीडा पोख्नुभयो।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको न्यायिक समितिले टोलटोलमै पुगेर न्याय सम्पादन गर्न थालेको छ। गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक बीना राईको नेतृत्वको टोलीले चालू आर्थिक वर्षमा पाँचवटा उजुरी यथास्थानमै पुगेर न्याय सम्पादनको काम गरेका हो। न्यायिक समितिमा परेको उजुरीमा वादी–प्रतिवादी दुवैलाई गाउँपालिका झिकाइ दर्जनाँै पटक छलफल गराइन्थ्यो तर पछिल्लो समय न्यायिक समिति आफैँ उजुरीकर्ताको घरमा पुग्दा स्थानीयले खुसी व्यक्त गरेका छन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानस्थित त्रि–धार्मिक स्थल हलेसी मन्दिर परिसरमा पुनः सीसी क्यामरा जडान गरिएको छ। मन्दिरको सुरक्षाका र आपराधिक क्रियाकलाप हुन नदिन पुनः क्यामरा जडान गरिएको नगरपालिकाका मेयर विमला राईले जानकारी दिनुभयो। पहिले जडान गरिएको क्यामरा चट्याङले बिगारेपछि एक वर्ष हलेसी मन्दिर सीसी क्यामराविहीन बनेको थियो। क्यामरा नहुँदा मन्दिरको भेटीलगायत विभिन्न सामान हराएपछि मेयर राईको निर्देशनमा पुनः जडान गरिएको नगर प्रवक्ता एवं वडाध्यक्ष कमल गिरीले बताउनुभयो।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपियाँ प्रदान गर्न सुरु गरेको छ। गएको वैशाखमा स्थानीय तह निर्वाचनपछि बसेको पहिलो कार्यपालिका बैठकले कक्षा १२ को अध्ययन पूरा गरी २० वर्ष पार गरेपछि विवाह गर्ने गाउँपालिकाभित्रका छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको थियो।
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग निर्माणसँगै सिन्धुली जिल्लाको कमलाखुँज र मरिण क्षेत्रमा विपन्न किसानको जीवनस्तर फेरिँदै गएको छ । राजमार्ग बनेसँगै विपन्न किसान व्यावसायिक खेती प्रणाली तथा पशुपालनतर्फ लागेपछि किसानको जीवनस्तरमा सुधार आउन थालेको हो । राजमार्ग निर्माणसँगै आसपासका गाउँका विपन्न किसानहरू व्यावसायिक रूपमा पशुपालन, तरकारी, फलफूल खेतीमा जुट्नुका साथै होटल, किराना पसललगायतका आयमूलक पेसामा संलग्न हुँदै आएका छन् ।
गत वर्षको मेलम्ची बाढीले बगाएका मेलम्ची क्षेत्रका पक्की पुलहरूमा बेलिब्रिज निर्माणका लागि सर्भे गरिएको छ । चरीकोट–मेलम्ची–इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाइ र ५ दशमलव ६० मिटर चौडाइ रहेको पुलको सर्भे गरिएको सडक डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिनुभयो । त्यस्तै मेलम्ची नजिकै रहेको फट्टे हुँदै दुवाचौर, बाँसखर्क, शेर्माथान जोड्ने ८७ मिटर लम्बाइ र सात मिटर चौडाइको पुल, तालामाराङबाट दुवाचौर हुँदै विभिन्न गाउँ जोडने पुलको पनि सर्भे गरिएको छ ।
नेपालको कुल जनसङ्ख्याको १८ प्रतिशत मात्र निरपेक्ष गरिबी रहेको तथ्याङ्क छ। अर्थ व्यवस्थाको सुधारका कारण सन् २०२६ मा नेपाल अल्पविकसित देशबाट विकासशील देशमा स्तर उन्नति हुने अवस्थामा छ। नेपालमा आन्तरिक रोजगार र उद्यमको अवसर नहँुदा विदेसिनु परेको अर्थतन्त्रमा विप्रेषणको निर्भता बढ्दो छ। गरिबीका कारण शासकीय व्यवस्थामा विभिन्न चुनौती देखिएका छन्। हालै राजधानीमा देखिएको सुकुम्बासी समस्याले शासकीय प्रणालीमा अर्थपूर्ण समाधानको उपाय खोज्न दबाब दिएको छ।
सुखको प्राप्ति हुन्छ, आनन्दको रसास्वादन गर्न पाइन्छ भनेर मानिस चाहिँदो नचाहिँदो अनेकथरी लत, कुलत र दुव्र्यसनमा फस्न पुग्छन्। यस्ता अनेकौँ उदाहरण खोज्न कहीँ टाढा जानु पर्दैन। आफ्नै घर, टोल/छिमेक, नातागोता र समाजमा बग्रेल्ती भेटिन्छन्। मानिसले विवाह गर्छ सुख, शान्ति र आनन्द प्राप्तिका लागि, छोराछोरीको चाहना हुन्छ तिनै सुख, शान्ति र आनन्दको प्राप्तिका लागि। कता गएर ? के कस्तो काम गरेर धन/सम्पत्ति आर्जन गर्न सकिन्छ र सुख, शान्ति र आनन्दको प्राप्ति हुन्छ भनी देश/विदेशमा अनेक किसिमका दुःख, कष्ट र हन्डर खान तयार हुन्छ तिनै तीनवटाको तृष्णाले।
अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ । राजधानीको चावहीलस्थित चुच्चेपाटी डाम्पा कम्प्लेक्समा रहेको क्लिनिकको कलाकार दिपाश्री निरौला, आकाश श्रेष्ठ र बेनिसा हमालले रिबन काटेर उद्घाटन गर्नुभयो । साथै उद्घाटन कार्यक्रममा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, समाजसेवी लगायतहरुको उपस्थिती रहेको थियो ।
नेपालको संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ। संविधानको धारा १७ ले स्वतन्त्रताको हक प्रत्याभूत गरेको छ। सबै स्वतन्त्रताको मूल आधार नै अभिव्यक्ति स्वतन्त्रता हो। अभिव्यक्ति स्वतन्त्रताको अभावमा लोकतन्त्र र सभ्य समाजको परिकल्पना गर्नु निरर्थक हुने विधिशास्त्रीको भनाइ छ।
काठमाडौँस्थित कलङ्की घर भएका आर्थिक रूपमा सक्षम ७३ वर्षका वेदप्रसाद अर्याल र ६९ वर्षीया उहाँकी धर्मपत्नीलाई ज्येष्ठ नागरिक भत्ता आवश्यक छैन तर राज्यले दिएको सुविधा र अधिकार भनेर उहाँहरूले लिने गर्नुभएको छ। स्थायी घर बाग्लुङ भए पनि उहाँहरू काठमाडौँ बस्दै आएको दुई दशक बढी भयो। उहाँहरू कलङ्कीमा हाल बस्दै आएको घरको भाडा मासिक एक लाख रुपियाँको हारहारीमा आउँछ। काममा अझै सक्रिय अर्यालका जेठा छोराका परिवार अमेरिका र कान्छा छोराका परिवार अस्टे«लिया बस्दै आएकाले आर्थिक सहयोग आवश्यक छैन। कास्कीका ६२ वर्षका तिलोचन शर्मा दमको रोगका कारण चार वर्षदेखि असिजनका भरमा बाँचिरहनुभएको छ। छोराको सामान्य जागिर र खेतीपाती गरेर जीविकोपार्जन गर्दै आउनुभएका
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमहरू निर्माण गर्दा मानव अधिकारलाई केन्द्रबिन्दुमा राख्दै कार्य गर्दै आइएको उल्लेख गर्नुभएको छ ।
कतार विश्वकप फुटबल प्रतियोगितामा मोरक्कोको क्वाटरफाइनल यात्रा परी कथाभन्दा कम छैन। दुई दिनअघि मात्र उपाधिको दावेदार मानिएको स्पेनलाई टाइब्रेकरमा ३–० ले हराएर मोरक्को विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने अफ्रिकी मुलुक बनेको थियो। मोरक्को यस विश्वकपको अन्तिम आठमा पुग्ने युरोप र दक्षिण अमेरिकी राष्ट्रबाहेकको एक मात्र टिम हो। यसअघि मोरक्कोले बेल्जियम र क्रोसियाजस्ता टिम भएको समूह जितेर नकआउटमा स्थान बनाएको थियो तर मोरक्को अब शानदार लयमा रहेको क्रिस्टियानो रोनाल्डोका टिम पोर्चुगलसँग सामना हुँदैछ जुन सो मुलुकका लागि अग्निपरीक्षा हुनेछ। युरो च्याम्पियन भइसकेको पोर्चुगल विश्वकपको अन्तिम आठमा मात्र तेस्रो पटक खेल्दैछ।
अर्घाखाँचीका किसानको घरमै पुगेर व्यापारीले सुन्तला खरिद गर्ने गरेका छन् । अर्घाखाँचीको सुन्तला पकेट क्षेत्रमा व्यापारी ट्रक लिएर नै किसानको घरमा पुग्ने गरेका हुन् । यस जिल्लाको सुन्तला उत्पादन हुने मुख्य क्षेत्र पाणिनि गाउँपालिकाका सिम्ले, पटौटी, निगाली देउराली, पोखराथोकलगायतका गाउँमा व्यापारी सुन्तला खरिद गर्न बगैँचामै पुग्न थालेका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले समानुपातिकतर्फ प्रदेश सभा सदस्य पदका लागि तीन जनाको नाम छनोट गरी निर्वाचन आयोगमा पठाएको छ । आयोगले उम्मेदवार छनोट गर्न तीन दिनको समयसीमा दिएकोमा लोसपाले केन्द्रीय कार्यसमितिको बैठकको निर्णयबाट उम्मेदवारको सूची स्वीकृत गराएर आयोगमा पठाएको हो ।