बङ्गलादेशको ढाकामा पुस ५ देखि १२ गतेसम्म आयोजना हुने काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भएको छ । नेपाल भलिबल सङ्घले शनिबार १४ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाली लोक संस्कृति झल्किने लोकलयमा आधारित 'बन्धन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भजन गीतमा येशू ख्रीष्टको जन्म र उहाँले संसारमा किन जन्म लिनुभयो भन्ने कुरालाई गीतमार्फत प्रस्तुत गरिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानुनी शासनको पक्षमा सामूहिक रूपमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ।
नेपाली कांग्रेसले समानुपातिक तर्फबाट सांसदको नाम टुङ्गो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ।
आकाशमा चीलसँग ठोकिएर क्षति भई सिमकोट विमानस्थलमा ग्राउण्डेड भएको तारा एयरको ट्वीन्टर विमानको मर्मतपछि आज उडान भरेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताउनुभएको छ।
निर्वाचन आयोगले दिएको समयभित्र नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नामको सूचीमा टुङ्गो लगाएको छ ।
जिल्लाको तामाकोसी गाउँपालिकामा सञ्चालित एम्बुलेन्स कार्यालयमा नै थन्किएको छ। व्यवस्थापनमा लापरबाही र पालिकाको बेवास्ताले एम्बुलेन्स अलपत्र बनेको स्थानीय सुन्दर कार्कीले बताउनुभयो।
गुल्मीमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला रकम अभावका कारण अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नं ६ अमरपुरको बुल्म चौरमा निर्माणाधीन रङ्गशाला यसै अलपत्र परेको छ ।
दार्चुलामा विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताउनुभएको छ।
धौलागिरि अस्पताल बागलुङले पाठेघरको अप्रेसनको लागि आफैँ पैसा थप गरेर ३६ जना महिलाको निःशुल्क पाठेघरको अप्रेसन गरेको छ ।
नेकपा (एमाले) दार्चुलाले जिल्लाका नौँ वटै स्थानीय तहमा मतदातालाई धन्यवाद दिने तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
पाँच पटकको विश्वकप विजेता ब्राजिल कतारमा जारी २२औँ विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कालिगण्डकी नदीमा १५० मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको बताउनुभएको छ ।