• १३ असोज २०८१, आइतबार

नयाँ सरकार गठनबारे माओवादी अध्यक्ष दाहालको प्रतिक्रिया

संसदीय दलको नेता चयन गरेपछि सरकार गठनबारे छलफल हुन्छ : अध्यक्ष दाहाल

blog

एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन समारोहमा उपस्थित हुन जानु हुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर : दाहालको निजी सचिवालय

काठमाडौं, मङ्सिर २४ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताउनुभएको छ। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो। उहाँले निर्वाचनको मत परिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेस गरेपछि दलले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुने उहाँको भनाइ छ। त्यसपछि मात्रै सरकार गठनबारे छलफल हुने उहाँले प्रष्ट पार्नुभयो।  अध्यक्ष दाहालले भन्नुभयो, ‘‘अब निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा निर्वाचितको लिस्ट बुझाएपछि, संसदीय दलको नेता चुनिएपछि मात्रै सरकार गठनबारे छलफल हुन्छ।’’

दाहाल आफैँ सत्तारुढ दलको तर्फबाट सरकारको नेतृत्वको लागि इच्छुक हुनुहुन्छ। सबै भन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवा नयाँ सरकारको नेतृत्वको स्वाभाविक दाबेदार हुनुहुन्छ। 

कांग्रेस भित्र सरकारको नेतृत्व लिनका लागि महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरिसक्नु भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बन्नका लागि राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आउनु भएको छ।