भौतिक वा मानसिक गतिशीलतालाई हामी श्रम भन्छौँ। अर्थशास्त्रको भाषामा कुनै वस्तु वा सेवा उत्पादन गर्न प्रयोग हुने प्रयत्न नै श्रम हो। उत्पादनका अन्य साधन जमिन, प्रविधि र पुँजी आफैँमा सक्रिय हुन सक्दैनन् तर श्रम भने सक्रिय साधनका रूपमा अरूभन्दा बढी महत्वपूर्ण रहन्छ नै। श्रमलाई नेपाली बृहत् शब्दकोशले “कुनै वस्तुको उत्पादन तथा निर्माण वा जीवन निर्वाहका निम्ति शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम” भनेर अथ्र्याएको छ। श्रम भन्नासाथ त्यो उत्पादनसँग जोडिन्छ चाहे त्यो शारीरिक वा मानसिक परिश्रमबाट प्राप्त भएको होस्। शारीरिक श्रमलाई पनि दुई भागमा बाँडिएको छ। सीपको काम गर्ने र शारीरिक काम गर्ने। सीप नहुनेले सबैभन्दा गाह्रो काम गर्छ र सबैभन्दा कम ज्याला पाउँछ। त्यसैले पनि सीपको विकासको आफ्नै महत्व छ।
“फलानाको श्रीमती त निकै अगतिली परिछ। भाँडा माझ्ने, खाना पकाउने काम आफैँले गर्छ विचरा।” एक्काइसौँ शताब्दीका आधुनिक मान्छे हौँ हामी। चाहे महिला हौँ वा पुरुष, हाम्रो मानसिकतामा घरभित्रको सम्पूर्ण काम महिलाले नै गर्नुपर्छ भन्ने छ। जतिसुकै फुर्सदिलो भए पनि आफ्नो पतिले भाँडा माझेको, कपडा धोएको हामी तमाम श्रीमतीलाई त मन पर्दैन भने समाजलाई त झन् मन पर्ने कुरै भएन। पुस्तौँपुस्ता अगाडिदेखि पुस्तान्तरण हुँदै आएको हाम्रो मानसिकतामा आज पनि परिवर्तन हुन सकेको छैन।
मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रको जग्गालाई आवासीय र व्यावसायिक गरी दुई प्रकारमा वर्गीकरण गर्ने भएको छ। भू–उपयोग नीति र भू–उपयोग ऐनअनुसार नगरपालिकाले जग्गाको वर्गीकरण गरेको हो। नगरपालिकाको भू–उपयोग परिषद्को बिहीबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै भू–उपभोग नीति र ऐनअनुसार जग्गाको वर्गीकरण गर्ने जनाएको छ। भू–उपयोग नियमावलीमा उल्लेख गरिएको मापदण्डअनुसार नगरपालिकाले जग्गाको वर्गीकरण गर्न लागेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले भू–उपयोग नियमावलीमा व्यावसायिक र आवासीय जग्गाको मापदण्डअनुसार नै जग्गाको वर्गीकरण गरिएको बताउनुभयो। उक्त भू–उपयोग नियमावलीमा कृषि क्षेत्रको रेखदेख, भण्डारण तथा प्रशोधन, पशुपालन तथा उद्योग कलकारखाना सञ्चालनको प्रयोजनबाहेक नागरिक आवासका रूपमा प्रयोग भएको भवन, घरटहरा वा सो भएको जग्गालाई आवासीय क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।
साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल बायट स्टेडियममा शनिबार राति भएको क्वार्टरफाइनल खेलमा इङग्ल्यान्डलाई २-१ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको हो ।
उत्तरी नाम्खा गाउँपालिका–६, हिमालपारिको लिमीका तीनवटा गाउँका सेवाग्राहीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। विद्युतीय भुक्तानी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बैङ्कमा निकासा भएका कारण सेवाग्राहीले भत्ता पाउन नसकेका हुन्। लिमीको तिल गाउँका सेवाग्राही फुर्वा लामाले अघिल्लो एक वर्षको सामाजिक सुरक्षा भत्ता पाउन नसकेको बताउनुभयो। उहाँले सधैँ असारदेखि भदौ महिनामा हातहातमा पाइराखेको सामाजिक सुरक्षा भत्ता १७ महिना बित्दासम्म पनि नपाएको गुनासो सुनाउनुभयो। उहाँले आफूजस्तै लिमीका सेवाग्राहीले अघिल्लो वर्ष र यस वर्षको पहिलो त्रैमासिक भत्ता पाउने समय हुँदासम्म पुरानै भत्ता नपाउनु विडम्बना भएको बताउनुभयो।
गाउँमा बिजुलीको पोल गाडेर तार तानिएको पाँच वर्ष बित्यो। ट्रान्सफर्मर राखेको छ महिना भयो। बिजुली बल्ने आसमा स्थानीयले घरघरमा वायरिङसमेत गरेका छन् तर विद्युत्का पोल हावाले ढलेपछि स्थानीयको बिजुली बाल्ने धोको अधुरै रहेको छ। बैतडीको सिगास गाउँपालिकाले बितेका पाँच वर्षमा १० करोड ७० लाख रुपियाँभन्दा बढी खर्च गरिसक्दा पनि गाउँपालिकाका २५ हजार स्थानीयवासी झरो र टुकी बाल्न बाध्य छन्।
कर्णाली प्रदेशमा भ्रष्टाचारजन्य गतिविधि बढ्दै गएको पाइएको छ। पछिल्ला तथ्याङ्कहरूले सरकारी तथा सार्वजनिक संस्थाहरूमा अनियमितता र भ्रष्टाचार बढेको देखाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका अनुसार चालू आर्थिक वर्षको यो अवधिसम्म २१ वटा मुद्दा विशेष अदालतमा पेस भएका छन्। अनियमितता भएको उजुरीका आधारमा आयोगले छानबिन गरी भ्रष्टाचार भएको ठहर गर्दै ती मुद्दा विशेष अदालतमा पठाएको हो।
रामेछापको मन्थली नगरपालिकाको गौरवको आयोजना स्विमिङ पुल (पौडी पोखरी)सहितको तीनलाल स्मृति पर्यटकीय पार्क निर्माणको काममा निर्माण कम्पनीको लापरबाही देखिएको छ । निर्माणको जिम्मा पाएको कम्पनीले आयोजना निर्माणमा चरम लापरबाही गरेपछि तीन÷तीन पटक म्याद थप गर्दासमेत निर्माण सम्पन्न भएको छैन । जसका कारण मन्थली नगरपालिकालाई आफ्नो गौरवको आयोजना तीनलाल स्मृति पर्यटकीय पार्क निर्माण गरी सञ्चालन गर्न चुनौती बनेको छ ।
कतार विश्वकप फुटबल प्रतियोगितामा लियोनेल मेसीको टिम अर्जेन्टिना शनिबार बिहान नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ४–३ ले हराएर सेमिफाइनलमा पुगेको छ। निर्धारित र थप ३० मिनेटको खेल २–२ ले बराबरीमा सकिएपछि टाइब्रेकरमा हारजितको छिनोफानो भएको हो। विश्वको सर्वश्रेष्ठ फुटबलर मेसीलाई अहिलेसम्म विश्वकप उपाधिले लोभ्याइरहेको छ। अब मेसी र अर्जेन्टिना विश्वकप उपाधिबाट मात्र दुई खेल टाढा भएको छ। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेल्नेछ।
उपराष्ट्रपति नन्दकिशोर पुनले पर्वतीय पर्यटनले नेपालको अर्थतन्त्रमा थप टेवा दिने बताउनुभएको छ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा शनिबार आयोजित साताँै पर्वतीय महोत्सवको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पर्वतीय पर्यटन विकासका लागि नवीन रणनीति र कार्ययोजना आवश्यक रहेको बताउनुभएको थियो । उपराष्ट्रपति पुनले भन्नुभयो, “विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ । पर्वतीय पर्यटनले हिमाली क्षेत्रमा बसोबास गर्ने भाषा, संस्कार, संस्कृति बुझाउन पनि महìवपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस्ता महोत्सव सान्दर्भिक छन् ।”
बाँकेमा हिउँदे सिजनका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै रहेको छ । यो मागको एक तिहाइ मात्रै हो । बाँकेमा हालसम्म ९८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिनुभयो ।
कहिले बङ्गुर छिरेर जहाजमा ठोक्किने त कहिले खरायोले उडानमा अवरोध पु¥याउँदै आएको नेपालगञ्ज विमानस्थलमा वन्यजन्तुका कारण सुरक्षा चुनौती बढ्दै गएको छ । पटक–पटक धावनमार्गमा वन्यजन्तु छिरेर उडानमा समस्या पार्दै आएकाले यो विमानस्थलबाट आवागमन गर्नेहरू सुरक्षालाई लिएर चिन्तित हुने गरेका छन् ।
धौलागिरि अस्पताल बागलुङले व्यावसायिक रूपमा अक्सिजन उत्पादन गरेको छ। कोरोना सङ्कटकालीन अवस्थामा धेरै क्षमताको नयाँ अक्सिजन उत्पादन प्लान्ट स्थापना तथा पुरानाको क्षमता वृद्धि गरेपछि अस्पतालमा खपत भएर बचेको अक्सिजन अन्य स्वास्थ्य संस्था तथा व्यावसायिक प्रयोजनका लागि बिक्री गर्न थालेको हो।
गुल्मीका ग्रामीण भेगमा चल्ने सवारीसाधनले क्षमताभन्दा बढी यात्रु र सामान बोक्दासमेत सरोकारवाला निकाय मौन रहेको पाइएको छ। सदरमुकाम तम्घासदेखि इस्मा गाउँपालिकाको दोहोलीतर्फ जाँदै गरेको लु १ ज ३८५४ नम्बरको जिपभित्र खचाखच यात्रु, छतमा अत्यधिक सामान र यात्रुहरू बोकेर कच्ची सडकमा यात्रा गरेको पाइयो। यो त एउटा उदाहरण मात्रै हो। ग्रामीण क्षेत्रका कच्ची सडकमा यात्रुहरूले जोखिम मोलेरै सवारीको छत र सवारीभित्र खचाचखच बसेर यात्रा गर्ने गरेका छन्। सदरमुकाम तम्घासदेखि पश्चिमी क्षेत्रतर्फ चल्ने जिपहरूले क्षमताभन्दा बढी सामानहरू बोक्ने र यात्रुहरू राखेर कच्ची सडकहरूमा यात्रा गर्दा समेत नियामक निकाय मौन छन्। सदरमुकामबाटै सामान र क्षमताभन्दा बढी यात्रुहरू राखेर जाँदासमेत ट्राफिक प्रहरी र नेपाल प्रहरीले देखेको नदेख्यै गर्नु लज्जास्पद भएको
मधेशको पहिचान बनेका खपडाले छाएका घरहरू अहिले बिरलै देखिन्छन्। आधुनिकताको प्रभावसँगै खपडा उत्पादनका लागि स्थानीय स्तरमै पाइने साधन र स्रोत मासिँदै गएको छ। जसका कारण मधेशलाई चिनाउने परम्परागत मौलिक वस्तुमध्येको खपडाको छानो भएका घर पनि विस्थापित हुँदै गएका हुन्। मधेशमा अहिले केही पुराना घरबाहेक नयाँ बनेका घरमा खपडाको छानो हालेको देखिँदैन। अचेल पक्की ढलान, जस्तापाता वा टायलले छाएको घर जताततै देखिन्छन्। गुजरा नगरपालिका भवानीपुरका ज्येष्ठ नागरिक जयनन्द चौधरी भन्नुहुन्छ, “विशेष गरी मधेशी समुदायका नागरिकको घर खपडाले छाएको हुन्थ्यो। मधेशमा खपडा बनाउने सीप भएका जनशक्तिले समेत पेसा बदलेको कारण खपडा उत्पादनमा ह्रास आयो र त्यसको विकल्पमा ढलान, जस्ता वा टायलले प्राथमिकता पायो।”