बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घले बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गाको भाडा वृद्धि गरेको भन्दै कार्यालयमा तालाबन्दी गरेको छ ।
हुलाकी सडकको धुलोले आजित भएपछि सर्लाहीको ब्रह्मपुरीका स्थानीयले तत्काल कालोपत्रे गर्न माग गर्दै आइतबार सडक अवरुद्ध पारेका छन् । ब्रह्मपुरी चोकमा टायर बालेर स्थानीय बासिन्दाले यातायात ठप्प पारेका हुन् ।
समानुपातिक निर्वाचन प्रणालीबाट दलले आफ्ना उम्मेदवार मध्येबाट सांसद चुन्दा स्याङ्जाको वालिङ नगरपालिकाको एउटै वडाका दुई जना सांसद बन्नुभएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको छ ।
दोलखा सदरमुकाम चरिकोटको बसपार्कमा एउटा सरकारी गाडी अलपत्र अवस्थामा थन्किएको छ। बा १ झ ५४८९ नम्बरको गाडी एक वर्षदेखि चरिकोट जिरी सडक छेउमा थन्किएको हो।
कर्णाली प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फ हुम्ला जिल्लाबाट तीन जनाको नाम परेको छ। तीनै जना ठूला राजनीति दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का तर्फबाट तीन जनाको नाम सिफारिस भएको हो।
नवलपुरको ग्रामीण सडकमा दुर्घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले सडक सुरक्षा नीतिमा चासो देखाएको छ।
दाङमा प्रहरीले हनी ट्रयापमा पारेर पैसा बार्गेनिङ गरेर लिने गरेको आरोपमा दुई जना महिलासहित तीन जना पक्राउ परेका छन् ।
कतारमा जारी विश्वकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक फर्नान्डो सान्तोस चर्चामा रहनुभयो । उपाधि दाबेदार टोली पोर्चुगल क्वार्टरफाइनलबाट बाहिरिएपछि रोनाल्डो र सान्तोसको चर्चा झनै चुलिएको छ ।
गत कात्तिक २२ गते यता पटक पटक सुदूरपश्चिमलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको असर कालीकोटमा परेको छ । एक महिनासम्म स–साना भूकम्पका धक्काको असर कालीकोटको पचालझरना –८ को मयगाउँमा देखिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गर्नुभएको छ ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीहरुका लागि मासिक पाँच हजार उपलब्ध गराएको छ ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कमीकमजोरी हटाएर अघि बढन सरकारलाई सुझाव दिनुभएको छ ।
जिल्ला अस्पतालका रूपमा रहेको भैरहवास्थित भीम अस्पतालको प्रशासनिक व्यवस्थापन र सेवा सुविधा गुणस्तरीय र प्रभावकारी बन्दै गएको प्रदेश सरकारको अध्ययनले देखाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ।