अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठक यही मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म नेपालमा हुने भएको छ ।
गाउँपालिका महासङ्घ नेपालको तेस्रो राष्ट्रिय अधिवेशनको अवसरमा आइतबार चित्रकला प्रदर्शनी भएको छ ।
गायक तथा सङ्गीतकार राज सागरसँगको सहकार्यमा गीतकार डब्बु क्षत्रीले नयाँ गीत ‘दूर सागर’ गीतको भिडियो ल्याउनु भएको छ । गीत बुढासुब्बा डिजिटलबाट रिलिज भएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनले निरन्तरता पाउने बत्ताउनुभएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)सँग एसिया रग्बी एसोसिएसनका अध्यक्ष कैस अल धलाइले भेटवार्ता गर्नुभएको छ।
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख समस्या भ्रष्टाचार भएको बताउनुभएको छ। भ्रष्टाचार त्यसको नियन्त्रण अब सबैको साझा ऐजेन्डा बन्नुपर्ने उहाँको भनाइ छ।
काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ।
सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँच वटा घर भत्काउँदा चार लाख बराबरको क्षति भएको छ ।
ताप्लेजुङमा आफ्नै दाजुलाई भरुवा बन्दुक प्रहार गरी हत्याको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको वैताङ्गु बस्ने ४१ वर्षीय कुमार लिम्बूलाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।
यू–१८ एसिया रग्बी सेभेनको उपाधि दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) ले जितेको छ । दशरथ रङ्गशालामा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ दक्षिण कोरियाले र युएईले महिलातर्फ उपाधि जितेको हो । पुरुषको फाइनलमा दक्षिण कोरियाले युएईलाई २१–१७ ले हरायो ।
काठमाडौं नयाँ बसपार्क क्षेत्रमा सरकारी पोसाक र परिचय–पत्रमा सजिएर आन्तरिक राजस्व कार्यालयको कर्मचारी बताउँदै ठगी गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रथम सन्थाल कप फुटबल प्रतियोगिताको उपाधि आयोजक झापा मोरङ सन्थाल फुटबल क्लबले हात पारेको छ ।
कतारमा जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलदेखि चार पटकको च्याम्पियन जर्मनी इङ्गल्यान्ड र स्पेनको विश्वकप यात्रा बीचैमा सकिएको छ ।
मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरेको छ ।
नेपालको प्रतिनिधित्व गर्दै मिसेस वर्ल्डमा भाग लिन दीक्षा केसी अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको लस भेगासमा ‘डिसेम्बर १७’ मा हुने मिसेस वर्ल्डको फिनालेमा भाग लिन उहाँ अमेरिका प्रस्थान गर्नुभएको हो ।