कर्णाली नदीमाथि निर्माण गरिएका तीन वटा तुइन विस्थापन भएका छन् । तुइन भएका स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनहरु विस्थापन मात्र भएका छैनन्, यात्रुहरू सुरक्षित रूपमा कर्णाली नदीमा वारपार गर्न थाल्नु भएको हो ।
कपिलवस्तुका उत्तरी भेगका बस्ती पहेँलै छ अनि आहा चिटिक्क पनि देखिएको छ । बस्ती आसपासका खेतबारी तोरी फुलेर पँहेलाम्मै देखिएका छन् । कृषकहरू झार गोड्ने र बेथेको साग टिप्न व्यस्त छन् ।
पोषण शरीरका लागि अनिवार्य छ । बालबलिकाका लागि पर्याप्त पौष्टिक आहारा चाहिन्छ । यस्तो पौष्टिक आहारा सामान्यतया दुर्गम क्षेत्रका बच्चामा कमी हुने गरेको छ भनिन्छ । पोषण नपाएका बालबालिका बढी देखिएका छन् पनि । पछिल्लो समय गाउँघर तथा दुर्गम क्षेत्र मात्र होइन राजधानी काठमाडौँका बालबालिकामा पनि देखिएको छ । जसले गर्दा बालबालिकामा मोटोपनाको उच्च जोखिम देखिएको छ ।
आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेर ६ डिग्री सेल्सियसमा झर्यो । यो साता ११ डिग्रीमा रहेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसले घट्दा अत्यधिक चिसो बढेको छ । आइतबार बिहान जुम्लाको तापक्रम माइनस ४.५ डिग्री सेल्सियस रहेकोसँगै काठमाडौँ उपत्यका सहित सहित देशभर चिसो बढेको छ ।
कात्तिक मैना पार गरी मङ्सिर मैना लायो । किसानले खेतीपाती भिœयाउने दिन आयो ।
भाइबहिनीहरू तिमीहरूले पाठ्यपुस्तकमा पनि पढेको अनि चिनेकै व्यक्ति हुनुहुन्छ, सत्यमोहन जोशि । शताब्दी पुरुष उपनाम पाउनुभएका जोशीको यही असोज ३० गते १०३ वर्षको उमेरमा निधन भयो । वि.सं. १९७७ वैशाख ३० गतेका दिन उहाँको जन्म भएको थियो । बाबु शङ्करराज जोशी र आमा नोगलदेवीका सुपुत्रका रूपमा ललितपुरको बखुम्बहालमा जन्मनुभएका जोशी नेपाली साहित्यको इतिहासमा तीन पटक मदन पुरस्कार प्राप्त गर्ने एक मात्र श्र्रष्टा हुनुहुन्छ । ‘हाम्रो लोकसंस्कृति’ नामक कृतिका लागि पहिलो पटक वि.सं. २०१३ मा ‘नेपाली राष्ट्रि
जिल्ला सदरमुकाम अमरगढीमा नगरपालिकाले विद्यार्थीलाई अनुशिक्षण दिई लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाएको छ। नगरभित्रका छवटा मावि तहका सात जना विद्यार्थीलाई लैङ्गिक हिंसासम्बन्धी कानुनी व्यवस्था र लैङ्गिक हिंसासम्बन्धी कक्षा सञ्चालन गरी अभियान मनाइएको अमरगढीले जनाएको छ। कक्षा सञ्चालनमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सहयोग गरेको थियो।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सञ्चार जगत्ले उल्लेखनीय योगदान दिएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीको १६औँ साधारण सभाको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो। नेपालको हरेक सवालमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले कहीँ कतैबाट पनि प्रेसमाथि अङ्कुश लगाउन नहुने धारणा राख्दै प्रदेश सरकार प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। राज्यमा कानुन कार्यान्वयनमा पत्रकार जति सक्रिय हुन्छन् त्यति नै राज्यका अङ्गहरू सचेत हुनुपर्ने विचार राख्नुभयो।
भ्रष्टाचार आरोपका नाममा पर्ने गरेका झुटा उजुरी आख्तियारका लागि अहिले टाउको दुखाइ बनेको छ। यस्ता उजुरीका कारण अख्तियारको श्रम, शक्ति र समयमात्र खेर गएको छैन, अनुसन्धानको गतिलाई नै प्रभावित पारेको बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख गोपालकुमार अधिकारीले बताउनुभएको छ।
ताप्लेजुङमा एक वर्षको अवधिमा करिब डेढ दर्जन करणीसम्बन्धी घटना भएका छन्। जबरजस्ती करणी, बाल यौन दुव्र्यबहार, बालबालिका करणी (बालबिज्याइँ) करणीसम्बन्धी घटना भएका हुन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा सन् २०२२ भित्र करणीसहित २० वटा मानव अधिकारसँग सम्बन्धित घटना भएका छन्। करणीसम्बन्धी घटना सबैभन्दा बढी भएको इन्सेक ताप्लेजुङका प्रतिनिधि देवराज गुरुङले जानकारी दिनुभयो।
सर्लाहीको चुरेभेगमा यातायात सञ्चालन हुन थालेपछि स्थानीयलाई बजार आउन सहज भएको छ। सडक नपुगेको चुरेभेगमा खोलाको बगरबाट बस, बोलेरो, टेम्पु, मोटरसाइकलजस्ता सवारी नियमित सञ्चालन हुन थालेका हुन्। अब हिउँदभर खोलाको बगरबाट यातायात सञ्चालन हुने स्थानीयले बताएका छन्। यहाँको लखन्देही, बाँके र कालिन्जोर खोलाबाट सञ्चालन हुने यातायातका साधन सिन्धुलीको मरिण र हरिपुरगढी गाउँपालिकाको विभिन्न ठाउँसम्म पुग्ने गरेका छन्। ईश्वरपुर नगरपालिका–१२, पीपलदमारका बलिमराज वाइबाले बाँके खोलामा पानी घटेपछि बस र बोलेरो सञ्चालन भइरहेको जानकारी दिनुभयो। वाइबाका अनुसार लालबन्दी बजारबाट पीपलदमार हुँदै सिन्धुलीसम्म नै बस चल्न थालेको हो।
ब्राजिलका महान् फुटबल खेलाडी पेलेले नेमारलाई आफ्नो सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेकोमा बधाई दिँदै ब्राजिल विश्वकपबाट बिदा भएकोमा दुःख पनि व्यक्त गर्नुभयो। अहिले अस्वस्थताका कारण अस्पतालमा रहनुभएका पेलेले इन्स्ट्राग्रामबाट विश्वकपको क्वाटरफाइनलमा क्रोएसियासँग ब्राजिल पराजित भएपछि नेमारलाई सन्देश दिनुभएको हो।
मुलुकको अर्थतन्त्रमा समस्या देखिन थालेको केही समय भइसकेको छ। अर्थतन्त्रको यो अवस्था हुनुमा आन्तरिक कारण मात्र जिम्मेवार छैनन्। रुस–युक्रेनबीच जारी युद्ध तथा यसअघि नै कोभिडका कारण थलिएको विश्व अर्थतन्त्रको बाछिटाका रूपमा नेपाली अर्थतन्त्रमा शिथिलता देखिएको तीतो यथार्थलाई नकार्न सकिँदैन। कोभिड समस्याले लामै समय थलिएको अर्थतन्त्रमा रुस–युक्रेन युद्धका कारण इन्धन, खाद्यान्नलगायत अन्य दैनिक जीवनयापनका साधन जुटाउन वैश्विक रूपमा आममानिस सङ्घर्षरत छन्। महँगी बढेको छ भने लगानी र उत्पादनमा ह्रास आएर संसार महामन्दीको खतरामा जान सक्ने विश्वव्यापी आशङ्का छ। छिमेकी राष्ट्र तथा विश्वका अन्य कतिपय मुलुकको अर्थतन्त्र निकै समस्यामा परिसकेको वर्तमानमा नेपाली अ
आमनिर्वाचनको अन्तिम नतिजा लगभग आइसकेको छ। प्रत्यक्षतर्फको परिणाम प्राप्त भइसकेको छ भने समानुपातिकतर्फको सङ्ख्यात्मक नतिजा प्रकाशित भइसकेको छ। समानुपातिक तर्फका व्यक्तिका बारेमा मात्रै निर्णय हुन बाँकी छ। यो लेख प्रकाशित हुँदा कुन पार्टीका को–को व्यक्तिले समानुपातिक पद्धतिबाट सांसद हुने सौभाग्य प्राप्त गरे भन्ने सबैको जानकारीमा आइसक्नेछ । कुन पार्टी सबैभन्दा ठूलो र कुन पार्टी दोस्रो, तेस्रो या त्यसपछिका भए भन्ने आमजनतालाई थाहा भइसकेको छ। बाँकी यत्ति मात्रै छ कि अब सरकार कसको र कस्तो बन्छ होला ?