वि.सं २०७२ को घटनाले थुप्रै घर भत्किए, थुप्रै मानिस घाइते भए, थुप्रै बिते । ठूलो आवाज आयो । एकै छिनमा पूरा नेपाल हल्लियो । के भइरहेको छ ? कसरी, हाम्रो घर हल्लिरहेको छ ? बाबाले भन्नुभयो । भूकम्प आयो, भूकम्प आयो छिमेकीहरूले भन्न लागे । बाबा छिटो कुदेर सुनील, मामु, आमालाई लिएर बाहिर भएको खाली मैदानमा लग्नु भयो ।
मेलम्चीको पानी काठमाडौंमा तेस्रो पटक वितरण भएको छ । तर पनि उपत्यकावासीहरू हर्षित छैनन् । पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आस उपत्यकावासीले गरेका थिए ।
थापेर छातीमा तातो गोली सिञ्चियो रगतको थोपा थोपाले यो भूमि फुलेका छन् फूलहरू थरीथरी
सत्यलाई साथ नदिएर साथ दिनेलाई घात गरेपछि – सुअवसर टाढा हुन्छ अनि विपत्ति पनि आउँदो रहेछ । कुकर्म लुकाउन जति नै गोप्यता कायम गर्न खोजे पनि
गोधूलि साँझ । हामी दुवैजना पसलमा छौँ । हामीले खाजा खाइसकेका छौँ । हठात् मेरी श्रीमतीले भनिन्, ‘‘मेरो जीउ कटकटी दुखिरहेको छ । ज्वरो आउलाजस्तो छ ।’’ तत्काल मैले भनेँ, ‘‘केही हुँदैन । सिटामोल एक चक्की खाइदेऊ, निको भइहाल्छ । बरु माथि कोठामा जाऊ, आराम गर्न ।’’ उनी सुस्तरी उठिन् र गइन् । म पसलमै रहेँ । सुनसान छ पसल । कारोबार छैन । निरुपाय म पत्रिका पढ्ने जमर्को गर्दैछु । अन्धकार व्याप्त छ धर्तीमा । अँध्यारोमा सबै–सबै अँध्यारा देखिन्छन् । कहीँ कतै उज्यालो देखिँदैन ।
‘जीवनको अभिनन्दन’ प्रा.डा. ज्ञानू पाण्डेको नवीनतम निबन्ध सङ्ग्रह हो । एघारवटा निबन्धका सङ्ग्रहले व्यापक विषय उठाएका छन् । निबन्धकार पाण्डेमा आध्यात्मिक भनौँ वा छैटौँ इन्द्रियको क्षितिज उघारिएको देखिन्छ । विषयगत वा वस्तुगत प्रस्तुतिमा हार्दिकता र बौद्धिकताको रङ भरेर निबन्धकार पाण्डेले निबन्ध बुन्नुभएको छ । सङ्ग्रहका आत्मपरक तथा वस्तुपरक ११ वटा निबन्धले भिन्नभिन्न स्वाद दिएका छन् । तर कतिपय निबन्धको सामल फरक, स्वाद समानजस्ता लाग्छन् । ‘निर्बन्ध नायिकाको महाप्रस्थानमा’ निबन्धकार पाण्डले ‘नेपाली साहि
सुदूरपश्चिम प्रदेश सभाका १५ जना निवर्तमान प्रदेश सभा सदस्यले सुविधाको ल्यापटप अझै फिर्ता गर्नुभएको छैन। सुविधाका लागि दिइएको ल्यापटप १५ जना निवर्तमान सदस्यसहित एक जना स्वकीय सचिवले फिर्ता गर्न बाँकी रहेको जनाइएको छ।
सफा र स्वच्छ अपि हिमाल निर्माणका लागि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य भइरहेको छ।
बेलुका सम्साँझै सुतेको तर रातभर निद्रा परेन । बिहान सबेरै उठेर आज किन निद्रा परेन, मनमा केके कुराले घर जमायो त ? सोच्दै जाँदा पहिलो कुरा त बूढेसकालमा कसले सहारा देला भन्ने सोचाइमा मन कहाँबाट दौडेर कहाँ पुग्यो पत्तै भएन । दोस्रो कुरा, बूढापाकाहरूले सुझाएका कुरा मनमा खेल्दै गर्दा ती अमर वाणीहरू मनमा खिल्दै गएछन् । निद्रा पर्ने कुरै भएन । तेस्रो कुरा, आफ्नै जीवनकालमा के परिवर्तन आयो वा मेरो जीवनमा के उपलब्धि भयो ? यस्तै यस्तै कल्पनामा डुबुल्की मार्दा रात बित्यो, निद्रा भाग्यो तर हात लाग्यो शून्य । यही निद्रा नपर्नुका पीडा भनौँ या निद्रा भगाउने अनुभूतिलाई यहाँ लिपिबद्ध गरिएको मात्र हो ।
गत २०७२ को भूकम्पले क्षति भएका दोलखाका १० वटा सामुदायिक विद्यालय भवन अझैसम्म पनि पुनर्निर्माण हुन सकेका छैनन् ।
पहाडी गल्छी काटेर हिमालकै फेदीबाट गुज्रिँदै हिमालपारि पुग्दा देखियो– वारपार हिमाच्छादित क्षितिजका अनगिन्ती ताँती । तिनै ताँतीको कहिले आमुन्नेसामुन्ने, कहिले किनार हुँदै उकाली–ओराली यात्रा बढिरह्यो लगातार । मायालु लुकामारीको एक काया–कञ्चन सुन्दर सिलसिला यात्राभरि अविरल देखियो । मनभरि उत्सुकताका उरुङ खात भारी, आँखामा बेग्लै चञ्चलता र गन्तव्य पुग्नुको मृगतृष्णा त छँदै थियो । उपल्लो मुस्ताङका छरपस्ट छवि आँखामा सँगालेर हेर्नुको आनन्द बेग्लै थियो । असीम प्राप्तिका सुमधुर सम्झनामा हराउनुको अर्कै रमाइलो क्षण बन्यो ।
कालीकोटको शुभकालिका गाउँपालिका–७ की शर्मिला विक कक्षा ८ मा पढ्नुहुन्छ। उहाँले पढ्ने विद्यालय र घरको दूरी निकै टाढा छ। विद्यालय पुग्न डेढ घण्टाको बाटो हिँड्नुपर्छ। भीरपाखा छिचोलेर हिँड्नुपर्ने उक्त बाटोमा बीचमा जङ्गल पनि पर्छ। जङ्गली जनावरले आक्रमण गर्ने जोखिम उत्तिकै हुन्छ। विपन्न परिवारकी उहाँलाई कापी कलमकै जोहो गर्न कठिन छ। थुप्रै अभाव र अप्ठ्यारासँग सङ्घर्ष गर्दै पढिरहेकी शर्मिला नियमित विद्यालय भने जान पाउनुहुन्न। घरायसी काम र मेलापातमा अभिभावकलाई सघाएर बचेको समयमा मात्रै उहाँ विद्यालय जानुहुन्छ। उहाँ भन्नुहुन्छ, “मैले घरको सबै काम धान्नुपर्छ, घरधन्दाको कामले गर्दा नियमित विद्यालय जान पाइँदैन।”
कृषिलाई प्रतिफलमुखी बनाउने उद्देश्यले यहाँको म्याग्दे गाउँपालिकाले भूमि वर्गीकरणको कार्य गरिरहेको छ। वर्गीकरणका लागि विभिन्न १८ चरण पार गर्नुका साथै भू–उपयोग योजना किताबसमेत प्रकाशित गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार अमिनलाई तालिम र चार महिना लगाएर परामर्श सेवाबाट विवरण लिई भूउपयोग ऐन, २०७६ का आधारमा डिजिटलाइजेसन गरिएको छ। भू–उपयोग परिषद् गठन गरिसकिएको छ। वडास्तरमा अन्तत्र्रिmया, ८२ वटा टोलमा माइकिङ, गाउँपालिकाका सबै विवरण सङ्कलन र दर्ता, सातवटै वडाको भू–उपयोग योजना, तयारी र निर्माण गरिसकिएको छ। यस्तै सडक विवरण र मापदण्ड तय, भू–उपयोग योजना कार्यान्वयन समिति, परिषद् गठन, स्वीकृतिको सूचना प्रकाशन र भूमि वर्गीकरण प्रतिवेदन पठाउने कार्यलगायत १८ चरणका काम भइसकेका छन्।
रुकुमपूर्वको सबैभन्दा बढी सुत्केरी हुने सिस्ने स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा आधारभूत आवश्यकताका सामानसमेत अभाव छ। राति आएका बिरामी, सुत्केरी हुने र गर्भवतीको उपचार गर्नु परेमा दाउरा बालेर सेवा दिनुपर्ने अवस्था छ। ‘बर्थिङ सेन्टर’मा कार्यरत अनमी राधिका केसीले गर्भवती जाँच र सुत्केरी सेवा दाउरा बालेको उज्यालोकै भरमा दिने गरेको बताउनुभयो। उहाँले दुर्गमका गर्भवती महिलाले भोग्नु परेका समस्या र न्यूनतम आधारभूत सामग्रीको अभावमा बर्थिङ सेन्टरमा उच्च जोखिम मोलेर सुत्केरी गराउँदा निकै सकस हुने गरेको पीडा पोख्नुभयो।