• १३ असोज २०८१, आइतबार

शहीद (कविता)

blog

थापेर छातीमा तातो गोली

सिञ्चियो रगतको 

थोपा थोपाले

यो भूमि

फुलेका छन् फूलहरू थरीथरी

रातो, नीलो, पहेँलो 

रङ्गीबिरङ्गी 

सुन्यौँ –

के भन्दैछन् तिनीहरू ?

हामी त गयौँ गयौँ 

सुम्पेर तिम्रो काँधमा 

यो प्यारो मातृभूमि 

जननी जन्मभूमि हुन् 

स्वर्गभन्दा पनि ठूली

जननी जन्मभूमि हुन्

स्वर्गभन्दा पनि ठूली ।