• १३ असोज २०८१, आइतबार

सुधीर र करिश्माको 'बन्धन'

blog

काठमाडौं, मंसिर २४ गते । नेपाली लोक संस्कृति झल्किने लोकलयमा आधारित 'बन्धन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भजन गीतमा येशू ख्रीष्टको जन्म र उहाँले संसारमा किन जन्म लिनुभयो भन्ने कुरालाई गीतमार्फत प्रस्तुत गरिएको छ। 

राजु सुन्दास र समिता सुन्दासको प्रस्तुति रहेको यस गीतमा गायक प्रताप दास र मेलिना राईको युगल स्वर सुन्न सकिन्छ। दान आचार्यको शब्दमा रहेको यस गीतलाई लोकप्रिय सङ्गीतकार सुवास भुसालले सङ्गीतबद्ध गर्नुभएको हो । गीतमा  पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र करिश्मा ढकाल फिचर्ड छन्।  मन कृष्ण महर्जनले छायाङ्कन गर्नुभएको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गर्नुभएको हो ।